राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता कायमै, १०५० मत गणना हुँदा थापा ८५ मतले पछाडि

१९ मंसिर, काठमाडाैँ ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्।केहीबेर अघि सुरू भएको मतगणनामा १०५० मत गणना हुँदा लिङ्देनले ५१६ मतसहित अग्रता कायम राखेका छन्।

अध्यक्षका अर्का प्रत्यासी कमल थापाले ४३१ मत पाएका छन्। यस्तै १०३ मत बदर भएको निर्वाचन समितिका राजु बस्नतले जानकारी दिए।अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने उनले बताए।

Advertisement

राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो। सात सह-महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।

Advertisement

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।

राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए। ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।

शनिबार अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top