करिब २५ सय मत गन्दा पनि लिङ्देनको अग्रता कायमै

करिब २५ सय मत गन्दा पनि लिङ्देनको अग्रता कायमै

१९ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्। हालसम्म करिब २५ सय मतगणना भइसकेको निर्वाचन समितिले जनाएको छ ।

करिब २५ सय मतगणन हुँदा लिङ्देनले ११२१ मत प्राप्त गरेका छन् । त्यस्तै कमल थापाले १०२० मत प्राप्त गरेका छन् । त्यस्तै १०३ मत बदर भएको बताइएको छ ।

कागजी मतपत्रबाट मतदान भएको अध्यक्ष पदका लागि मतगणना प्रक्रिया बिहान ३ बजेबाट सुरू भएको हो। अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने बताइएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.