१९ मंसिर, झापा ।
झापाको दमक नगरपालिका- १० की ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ बर्षिय राम कुमार लिम्बुले कुटपिट गर्दा मृत्यु भएको छ । मंसिर १६ गते घनादेबीलाई श्रीमानले कुटपिट गर्दा गम्भीर घाईते भएकी थिइन् ।
उनलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पुर्याइएकोमा केही समयको उपचारपछि डाक्टरले थप उपचार हुन नसक्ने भएकाले घर लैजान सल्लाह दिएका थिए ।
उनकाे घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दमकले जनाएकाे छ। कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ।