शहीदको बलिदान व्यर्थ जान दिइने छैन : पूर्वमन्त्री मगर

१८ मंसिर ७८, आइतबार

१९ मंसिर, कञ्चनपुर।

Advertisement

पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिइने बताएकी छन् ।

नेकपा(माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताइन्। उनले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर गरिन् ।

Advertisement

सङ्घर्षको बलमा जनपक्षीय एजेण्डा स्थापित भएको चर्चा गर्दै उनले उपलब्धिको रक्षाका लागि माओवादीले नेतृत्व पाउनुपर्ने बताइन्। “माओवादी जनताको आशा भरोसाको केन्द्रका रुपमा रहेको छ”, उनले भनिन्, “पार्टीलाई बलियो बनाउनेदेखि सिङ्गो देश माओवादीमय बनाउनुपर्नेमा कार्यकर्ताको अझै योगदानको खाँचो रहेको छ ।”

देश र जनताका लागि बदिलान दिनेदेखि दिगो विकास र समृद्धिका लागि काम गर्ने एक मात्रै पार्टी नेकपा(माओवादी केन्द्र) मात्रै रहेको उनको जिकिर थियो। लडेर ल्याएको एजेण्डालाई रक्षा गर्नुपर्ने धारणा राख्दै उनले प्रतिगमनविरुद्ध लड्नका लागि सबै एकमत हुनुपर्ने बताइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top