क्यान्सरपिडितलाई आर्थिक सहयोग

क्यान्सरपिडितलाई आर्थिक सहयोग

विराटनगर,साउन २६
वोनम्यारो क्यान्सरबाट पीडित लेटाङ ९ बाह्रगोठेकी मनिषा लिम्बूको उपचारका लागि संकलित नगद लेटाङ नगरपालिकाका मेयर शंकर राईले शनिबार प्रदान गरेका छन ।
मेयर राईले आफ्नो व्यक्तिगत ५ हजारसहित १ लाख १७ हजार २ सय रुपैयाँ सहयोग प्रदान गरेका हुन । जनसेवा युवा क्लब लेटाङ–४ ले मनिषाको उपचारमा सहयोग गर्ने भनि केही दिनअघिदेखि रकम संकलन अभियान सुरु गरेको थियो । अभियानबाट संकलन भएको रकम मेयर राईल मनिषाको घरैमा पुगेर हस्तान्तरण गरेका हुन ।

मेयर राईले लेटाङमा जटिल रोगका समस्या भएका मानिसहरु थुप्रै रहेको बताउँदै उनीहरुको उपचारमा केही सहयोग पूगोस भनेर नगरपालिकाका तर्फबाट १० हजार रुपैयाँ दिने घोषणा समेत गरेका छन । लेटाङ नगरपालिका ४ का वडाअध्यक्ष सन्तोष कार्कीले मनिषाको साथमा सिंगो लेटाङ रहेकाले उपचारमा सहयोग जुट्नेमा विश्वस्त रहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.