धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

१९ मंसिर ७८, सोमबार

काठमाडौं: सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ ।

Advertisement

पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी पक्षलाई झुक्याउने प्रयास गर्दै आएका छन् । तर, राजस्व छलीमा संलग्न तथा शंकास्पद व्यक्ति र फर्महरूमा गरिएको निगरानीकै कारण राजस्व छली गर्नेको पहिचान गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरी कानुनी दायरामा ल्याउने क्रम बढाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

अनुगमन तथा निगरानीलाई तीव्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरी करोडौं रुपैयाँ राजस्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गर्न सफल भएको छ ।

Advertisement

विभागका अनुसार रूपन्देही जिल्लाको समरीमाही गाउँपालिका–६ स्थित कशौधन कवाड सप्लायर्सका सञ्चालक प्रमोदकुमार गुप्ताले २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैयाँ राजस्व छलेको पाइएपछि त्यसको दुई गुनाबराबरको ४४ करोड ७३ लाख ८६ हजार ९ सय ५८ रुपैयाँ मागदाबीसहित विभागले तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको जनाएको छ ।

सो सप्लायर्सका सञ्चालक गप्ता र अर्का आरोपी गोविन्दकुमार कशौधनलले राजस्व चुहावट गर्ने मनसाय राखेर अरूकै फर्मको नामबाट सामान खरिद गरी ती सामान विभिन्न व्यक्तिलाई बिक्री गरी त्यसको लेखांकन नगरी मूल्य अभिवृद्धिकर तथा आयकर छली गरेको आरोप विभागको छ । उनीहरूले मूल्य अभिवृद्धिकरतर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ राजस्व छली गरेको अनुसन्धानबाट खुलेको विभागको दाबी छ।,याे समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top