राप्रपा कार्यालयमा कमल थापाको कुर्सी सुरक्षित, लिङदेनका लागि नयाँ कार्यकक्ष

२० मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गरेका छन् । साेमबार चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि मुख्य अध्यक्षका रूपमा कमल थापाले प्रयोग गरेकाे कार्यकक्ष लिङदेनले प्रयाेग गरेका छैनन् । पार्टीको सचिवालयले थापाको कार्यकक्ष यथावत राखेर लिङदेनका लागि उनी महामन्त्री हुँदा बस्ने गरेको कोठामै कामचलाउ कार्यकक्ष बनाएको छ ।

पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको लिङ्देनले बताए । उनले भने,  ‘म राष्ट्रिय प्रजातन्त्र पार्टीमा मेरा श्रद्धेय नेताहरु बसेकै कुर्सीमा बसौं र म पनि त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष पदको दाबी गरेर आएको मानिस होइन . त्यहाँ फेरि पनि हाम्रा अध्यक्षत्रयहरु, हाम्रा नेताहरु र खासगरी जहाँ कमल थापा बस्दै हुनुहुन्थ्यो त्यहाँ फेरि पनि उहाँ आफ्नो अभिभावकको रुपमा नेताको रुपमा आउनुपर्छ, सजिलो होस् भनेर त्यो कोठालाई सुरक्षित राखेको हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नवीन ढंगले लैजानुपर्यो भन्ने आम जनता र पार्टी कार्यकर्ताको चाहनालाई मात्रै आफूले प्रतिनिधित्व गरेको भन्दै उनले पूर्वअध्यक्षहरु बस्ने कुर्सीमा बस्ने चाहनाले अध्यक्ष पदमा प्रतिस्पर्धा नगरेको बताए । उनले भने, ‘त्यहाँ बैठक गर्ने, जाने त मैले पनि गर्छु, तर उहाँहरुलाई आउन, बस्न सजिलो होस् भनेर त्यसलाई हाम्रो नेतात्रयका लागि सुरक्षित बनाएको हुँ ।’

राप्रपामा यसअघि तीन अध्यक्ष थिए । एकता महाधिवेशनमा भएको निर्वाचनमा कमल थापालाई दुई सय मतअन्तरले पछि पार्दै लिङ्देन आइतबार अध्यक्ष निर्वाचित भएका छन् । पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव लडेनन् ।

अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए । त्यसबारे लिङ्देनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top