×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालय के भन्छ ?

२० मंसिर २०७८

२० मंसिर, काठमाडाैँ ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो ।

नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो केस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरुमा कुनै लक्षण नभएको बताए । सह प्रवक्ता अधिकारीकाअनुसार संक्रमित दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए । सहप्रवक्ता अधिकारीले भने, ‘अहिले पछिल्लो समय नयाँ भेरियन्टका रुपमा ओमिक्रोन देखिएको छ । त्यो देखिएको भेरियन्ट अहिलेसम्म ३५ वटा देशहरुमा ५७४ जनामा पुष्टि भएको छ । यिनै कुराहरुलाई मध्यनजर गरेर नेपाल विदेशबाट आउने मानिसहरुमा स्वास्थ्य अवस्था गम्भीर हुनसक्ने, उहाँहरुले अरु व्यक्तिलाई सार्न सक्ने कुरालाई मध्यनजर गरेर हामीले निगरानी बढाएका छौँ । पछिल्लो समय विदेशबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनको कुराहरु र टेस्ट गर्ने कुराहरु, पोजेटिभ आए त्यसको सिक्वेन्सिङ गर्ने कामहरु बढाएका छौँ । पछिल्लो समय विदेशबाट आउनु भएका दुई जना नागरिकहरु जसलाई शंका लागेर परीक्षण गर्न हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका थियौँ । जसमा १९ गते राती कोरोना संक्रमण पुष्टि भयो । दुई जना विदेशी नागरिकहरुमा ओमिक्रोन नयाँ भेरियन्ट पुष्टि भएको हो । यो पहिलो संक्रमण हो । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरुमा कुनै लक्षणहरु पनि छैन । उहाँहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा हुनुहुन्छ । उहाँहरुको सम्पर्कमा आउनुभएका व्यक्तिहरु खोजतलास गरेर उहाँहरुलाई छुट्याएर राखेका छौँ । कन्ट्याक्ट टे«सिङ गरेर सबैको परीक्षण गर्दा ६६ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’
लक्षण र असर पहिलेको भाइरस सरह

सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकाहरुमा तीव्रताका साथ निगरानी बढाएको बताए । उनले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरससरह नै भएको बताए । सहप्रवक्ता अधिकारीले यसबाट बच्नका लागि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, हात धुने काम गर्नुपर्ने बताए । उनले यसबाट जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डहरुमा केन्द्रित भएको र आवश्यक अस्पताल, शैय्या र भेन्टिलेटर आदिको व्यवस्था पनि गरेको बताए ।

सहप्रवक्त अधिकारीले भने, ‘सरकारले आफूले लिइराखेको रणनीतिअनुसार निगरानीको पाटोलाई चुस्तदुरुस्त बनाउने गरी अझ सुदृढ तरिकाले कामहरु अघि बढाएको छ । नाकाहरुमा त्यसैअनुसार निर्देशन दिइएको छ । यो नयाँ भेरियन्ट आएपनि यसका लक्षण, संक्रमण फैलिने तरिकाहरु पहिलेकै भाइरस जस्तो हो । अलि बढी संक्रामक छ भनिएपनि तर यसका धेरै कुराहरु अध्ययन, अनुसन्धानका क्रममा छन् । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हातको सरसफाइमा ध्यान दिने कुराहरु गरेमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ । कोभिड १९ बिरुद्धको खोप अभियान जुन हामीले सञ्चालन गरिरहेका छौँ, सरकारले निःशुल्क खोप दिने जुन व्यवस्था गरेको छ, त्यसअनुसार खोप लगाउँदै गयाँै भने नयाँ भेरियन्टले पनि पार्न सक्ने स्वास्थ्य जटिलतालाई रोक्न सक्छ । सरकारले निगरानीको पाटो, जनस्वास्थ्यका मापदण्डका कुराहरु, खोप अभियान र अस्पताल व्यवस्थापनका पाटोहरुमा केन्द्रित भएर सम्बन्धित निकायहरुसँग समन्वय गरेर कामहरु गरेको छ ।’

विदेशबाट आउनेहरुलाई क्वारेन्टाइन
सहप्रवक्ता अधिकारीकाअनुसार छिमेकी देश भारतमा नयाँ भेरियन्टका संक्रमित बढिरहेकोले नेपालमा पनि संक्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरी विदेशबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताए । उनले नयाँ भेरियन्टबाट बच्नको लागि देशभित्रै रहेका मानिसहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेमा संक्रमण बढ्नबाट रोक्न सकिने बताए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top