×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

कांग्रेसको १४ औँ महाधिवेशनको तयारी कसरी हुँदैछ ? के भन्छन् प्रवक्ता ?

२१ मंसिर २०७८

२१ मंसिर, काठमाडाैँ ।
नेपाली कांग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १४ औँ केन्द्रिय महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए ।

प्रदेश २ मा महाधिवेशनपछि निर्वाचन

Advertisement
Advertisement

प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए । उनले केन्द्रिय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका कामलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै महाधिवेशनको स्वागत द्वार र श्रृंगारको संयोजक केपाली कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई बनाएर काम अघि बढाइएको पनि बताए । प्रवक्ता शर्माले आजबाट सार्वजनिक रुपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेको बताए । पार्टी प्रवक्ता शर्माले भने, ‘नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको अन्तिम चरणमा छौँ । नेपाली काँग्रेस पार्टीको संगठनको ८ वटा चरण छ, टोलदेखि केन्द्रसम्म । त्यसमा ७ वटा तहको निर्वाचनको प्रक्रियाहरु हुन्छ । वडादेखि लिएर प्रदेश अधिवेशनसम्म आउँदा ६ वटा तह सकिएको छ । प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक ती विषयहरुलाई महाधिवेशनपछि हुने कुरा थाँति राखेर अब हामी केन्द्रिय अधिवेशनतर्फ केन्द्रित छौँ । यसमा केन्द्रित हुँदै गर्दा देशभरबाट प्रतिनिधिहरु आउने क्रम शुरु भएको छ । केन्द्रिय महाधिवेशनको लागि यसको व्यवस्थापकीय काममा अहिले हामी व्यस्त छौँ । आवास, खाद्यान्नको व्यवस्थापन गर्ने विषय, प्रचारप्रसारलाई व्यवस्थित गर्ने विषय, स्वास्थ्यसँग सम्बन्धित व्यवस्थापन गर्ने विषय यी समग्र विषयहरुको सन्दर्भमा हिजो मात्रै हामीले पार्टीको बैठकमा विभिन्न छलफल गरेका थियौँ । आजबाट महाधिवेशन केन्द्रित प्रचार पनि शुरु गरेका छौँ । त्यसक्रममा प्रचारसमितिको संयोजकको नाताले स्वागत द्वार र श्रृंगारको संयोजक नेपाली काँग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई पार्टीको ४ तारे झन्डा र चुनाव चिन्ह रुख अंकित झन्डा हस्तान्तरण गरेर त्यो काम शुरु भएको छ । अब हामी बाहिर सार्वजनिक रुपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेका छौँ ।’

महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य
प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य गरेको बताए । उनले अन्य प्रकारका रोगहरुका लागि पनि महाधिवेशन स्थलमा नै हेल्थ डेस्क स्थापना गरिने जानकारी दिए । प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रश्ताव आएको भएपनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रिय समितिको बैठक बसेर पहिलेकै व्यवस्थाअनुसार वा डिजिटलबाट भोट गर्ने भन्ने निर्णय गर्ने बताए ।

मतदातालाई मत खसाल्न एक घण्टा लाग्ने

उनले यसपटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताए । डिजिटल भोटिङको व्यवस्था गर्न सकेमा मत व्यक्त गर्न र गणना गर्न पनि कम समय लाग्ने बताए । प्रवक्ता शर्माले भने, ‘स्वास्थ्य समितिका संयोजक मोहनबहादुर बस्नेत हुनुहुन्छ । उहाँले हिजोको बैठकमा पेश गर्दैगर्दा ओमिक्रोन आइसक्यो, पहिलादेखि नै कोरोनाको जोखिम कायमै रहेको छ । त्यसलाई दृष्टिगत गरेर स्यानिटाइजर, मास्कलाई अनिवार्य गराउने, फील्डमानै एन्टिजेन परीक्षण गर्ने व्यवस्था, अन्य सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड, अन्य प्रकारका रोगहरुको लागि पनि हेल्थ डेस्क, यी सबै कुराहरुको व्यवस्थापन गरिएको छ । नेपाली काँग्रेसको यो अधिवेशनको निर्वाचनको सन्दर्भमा हिजोको बैठकमा सूचना, सञ्चार तथा प्रचार विभागले पहिले नै निर्माण गरेर तयारी गरेको डिजिटल भोटिङको विषय पनि प्रवेश गराएका छौँ । त्यसको लागि समय कम भयो । त्यसको डेमोस्टेशन गर्ने, त्यसको विश्वसनीयता परीक्षण गर्ने विषयलाई समय कम भयो । सँगै निर्वाचन समितिका साथीहरुले निर्वाचन समितिका संयोजक अधिवक्ता गोपालकृष्ण घिमिरे र अरु साथीहरुले भोटिङ मेसिनको प्रयोग गरौँ प्रश्ताव छ । अब हामी पदाधिकारी र केन्द्रिय समितिको बैठक बसेर यो विषयमा भोलि÷पर्सि भित्रमा हामी टुंगोमा पुग्छौँ । त्यो टुंगोमा पुग्ने प्रविधिसहितको विषय एउटा रह्यो । त्यो नपुग्दै गर्दा अहिले हामी मेन्युल्ली भोटिङ गर्ने जुन व्यवस्था हो, त्यसलाई व्यवस्थि तगर्ने कुरामा साथीहरु लाग्नुभएको छ । १ हजार बढी ब्यालेट बक्सहरु मैदानमा हुन्छन् । २९३ भन्दा बढी स्पट पोइन्टबाट मत हाल्ने व्यवस्था छ । २९ वटा मतपत्र हुन्छ र मतदाताले, पार्टीको महाधिवेशन प्रतिनिधिले पहिलोपटक गएर शुरुमा सभापतिको मतपत्र लिनुहुन्छ । सभापतिको मत व्यक्त गरेर खसालेपछि क्रमशः उपसभापति, महामन्त्री र सदस्यहरुको मतपत्र लिनुहुनेछ । करिव १ घण्टा मत व्यक्त गर्न लाग्ने परिस्थिती देखिएको छ । प्रविधिको व्यवस्था गर्न सक्यौँ भने त्यो भन्दा छिटो हुन्छ । त्यसले मत गणनाको प्रक्रियालाई पनि छिटो छरितो बन्छ भन्नेमा ढुक्क छौँ । तर अहिलेको जे व्यवस्था छ त्यसमा जाँदै गर्दा मतगणनामा पनि समय लाग्ने, मतदानमा पनि समय लाग्ने स्थिती छ ।’

महाधिवेशनपछि नीति अधिवेशन

प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनपछि महाधिवेशन आयोजना गर्ने राजनीतिक दलले नीतिको कुरा गरेपनि त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुँदै आएको र यसपटक भने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको प्रश्तावमा महाधिवेशनपछि नीति अधिवेशन हुने बताए । उनले यस महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरु नगरिने स्पष्ट पारे । प्रवक्ता शर्माले राजनीतिक दल आधुनिक र रुपान्तरित बन्दै जाँदा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक गर्नुपर्ने बताए । प्रवक्ता शर्माले भने, ‘२०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेस पार्टी र अन्य राजनीतिक दल जसले महाधिवेशन आयोजना ग¥यौं, ति प्रत्येक महाधिवेशनमा नीतिको विषयमा छलफल हुँदै नभएको होइन । छलफल हुने तर नीतिको विषयमा छलफल हुँदै गर्दा त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुने रही आयो । त्यसकारण अलि अघि बाटै हामी के कुरामा बहसमा थियौँ भने नेपाली काँग्रेसलाई रुपान्तरित र आधुनिक बनाउने हो भने नेपाली काँग्रेस मात्रै होइन, अन्य राजनीतिक दल पनि आधुनिक, रुपान्तरित बन्दै जाँदा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक फरक गर्नुपर्छ भन्ने हाम्रा प्रश्तावहरु थिए । त्यो प्रश्तावको क्रममा यसपटक पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमै प्रश्ताव के राख्नुभयो भने, १४ आँै अधिवेशन जे हुँदैन यसलाई नेतृत्व अधिवेशनमा परिवर्तन गरौँ, नीति अधिवेशनको रुपमा यसपछि केन्द्रिय कार्यसमितिलाई महाधिवेशने अधिकार दिएर नीति अधिवेशनको रुपमा अर्को अधिवेशनबाट काँग्रेसको विधान, नीति, कार्यक्रमको सन्दर्भमा टुंगो गरौँ भनेर प्रश्ताव गर्नुभयो । नीतिको विषयमा यस महाधिवेशनमा किन छलफल भइरहेको छैन भन्ने कुरा अब सान्दर्भिक रहेन । किनभने अब नीतिको विषय सर्लक्क छुट्याइसकेपछि हामी जे गर्दैछौँ त्यसैमा बढी केन्द्रित हुन्छौँ ।’

Advertisement

कांग्रेस, देश र समाज रुपान्तरणको लागि विभिन्न नेताहरुले राखेका कुरा केन्द्रिय महाधिवेशनको विषयवस्तु नबने पनि नीति अधिवेशनमा यिनै कुराहरुलाई विषयवस्तु बनाइने बताए । उनले यो महाधिवेशन पूर्व घोषणा बमोजिम नेतृत्व चयनमै केन्द्रित हुने र पार्टीको महामन्त्रीको र अर्को पार्टीको कोषाध्यक्षको गरी महाविधेशनमा दुईवटा लिखित प्रतिवेदन पेश हुने बताए । प्रवक्ता शर्माले महासमितिको बैठकबाट अहिलेसम्म आइपुग्दा केन्द्रिय कार्यसमितिले गरेका कामहरुको विषयहरुलाई अनुमोदनको प्रश्ताव पनि पेश हुने बताए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top