×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

विद्युत प्राधिकरणमा जुम्लाका जनताको ¥याली

२१ मंसिर २०७८

२१ मंसिर, काठमाडाैँ ।

जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न दबाब दिदैँ जुम्लाका जनताले काठमाडौंमा सांस्कृतिक ¥याली निकालेका छन् । मंगलवार जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक ¥याली निकालेका हुन् ।

Advertisement
Advertisement

स्थानिय झाँकी, बाजागाजा र नाँचगानसहित ¥याली गरिएको थियो । जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहित ¥याली गर्नुपरेको प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले बताए । जुम्लामा राष्ट्रिय प्रशारण लाइन पुगेको भएपनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँगाउँमा बिस्तार हुन नसकेको उनले बताए ।

कर्णालीको समस्या पटक पटक राख्दा पनि सरकारबाट सुनुवाइ नभएको उनले दुखेसो गरे । उनले भने – ‘सजिलै सुन्दैन नेपाल सरकारले, विद्युत प्राधिकरणले । अनि हामीले सजिलै सुनेन भने बाजा बजाउने चलन छ हाम्रो कर्णालीतिर । यो विद्युत प्राधिकरणलाई ब्युँझाउनलाई । ग्रीड गयो भने ग्रीड गएर के गर्नुहुन्छ ? बत्ति मधुरो छ । मिटर छैन । तार छैन । पोल छैन । गाउँ गाउँमा लाइन बिस्तार भएको छैन । एकदमै ढिलासुस्ति भइराखेको छ । कर्णालीमा के भइरहेको छ उहाँले सुन्दै सुन्नुहुन्न । कर्णालीमा लाइनको बिस्तारको बारेमा उहाँको ध्यान गइराखेको छैन । कर्णाली सयौँ वर्ष भइसक्यो अध्याँरो भएको । बाटोमा पुगेको छ, गाउँमा पुग्या छैन । घरमा पुग्या छैन । कहिँ पुग्या छैन । सुन्दैन सरकार, नसुनेपछि सुनाउनलाई बाजा बजाएको ।’

मलाइ पनि बत्तीमा पढ्ने रहर छ
¥यालीमा हामीलाई बत्तिको मिटर देउ, ट्रान्सफरमरको व्यवस्था गर, मलाइ पनि बत्तीमा पढ्ने रहर छ, हाम्रो खोलाको पानि त्यसै बग्यो, घर भने अध्याँरो छन्, बत्तीमा भोल्टेज पनि हुनुपर्छ हो है लगायत लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । त्यसैगरी जुम्लाका सम्पूर्ण बस्तीहरुमा विद्युत प्रशारण लाइनको बिस्तार गर्न र विद्युत प्रशारण लाइन पुगेका क्षेत्रमा चाँडो भन्दा चाँडो मिटर लगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापन पत्र समेत बुझाइएको छ ।

¥यालीसहित नेपाल विद्युत प्राधिकरणमा पुगेका जुम्लाका जनताले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापन पत्र बुझ्न प्राधिकरणको आँगन बाहिर नै बोलाएका थिए । कुलमान आँगनमा आउन ढिलो गरेपछि ज्ञापन पत्र प्राधिकरण भवन बाहिर नै टाँसिएको थियो । यद्यपी कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको आँगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिवद्धता गरे । जिल्लाभरी विद्युत विस्तारको लागि टेन्डर गर्न लागेको पनि उनले बताए । उनले भने – ‘मिटरपनि आउँछ । जिल्लाभरी लाइनको लागि हामी टेन्डर गर्दैछौँ । लाइन त पुगिहाल्या छ । ग्रीड त पुग्यो नि त । ग्रीड पुग्यो, टेन्डर गर्दैछौँ । तपाइँले बुझ्नु भएको छ, टेन्डर गरेर कति टाइम लाग्छ भनेर ।’

ज्ञापन पत्रमा ३३ केभिए प्रशारण लाइन निर्माण कार्यमा भइरहेको ढिलाइको अन्त्य गरी शिघ्र कार्य सम्पन्न गर्नुपर्ने र ११ केभिए लाइनमा भएको भोल्टेज उतार चढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top