रामचन्द्रले भने – साझा उम्मेदवार छान्यौं, भोलि बेलुका सार्वजनिक गर्छौं

रामचन्द्रले भने – साझा उम्मेदवार छान्यौं, भोलि बेलुका सार्वजनिक गर्छौं

२१ मंसिर, काठमाडौँ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषय टुंगिएको बताएका छन् । चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको संस्थापन इतर समुहको बैठकपछि उनले केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा त्याे निर्णय सार्वजनिक गर्ने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसको रुपान्तरण चाहने विचार समूहमा हामी साथीहरूले विभिन्न कोणबाट छलफल गर्‍यौँ । हामी सहमतिको निकै नजिक पुगेका छौँ । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । हामीले सबै दृष्टिकोणबाट छलफल गर्‍यौं । महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौँ ।’

संस्थापन इतर समुहबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।  शशांकले भने पौडेललाई समर्थन गर्दै आफ्नो दाबेदारी फिर्ता लिएका छन् । प्रकाशमान र शेखरले दावी फिर्ता लिएकाे बताएका छैनन् ।

आफूहरूबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ । नेताहरु बुधवार विहान ९ बेजे बस्नेगरि उठेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.