सोमबार ओमिक्रोनकाे संक्रमण देखिएका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ

२१ मंसिर, काठमाडौं ।

Advertisement

नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका दुई व्यक्तिकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ ।

सोमबार दक्षिणी अफ्रिकी मुलुकबाट नेपाल आएका एक विदेशी नागरिकसहित एक नेपाली नागरिकमा कोरोनाको ‘ओमिक्रोन’ पुष्टि भएको थियो ।

Advertisement

तर, मंगलबार उनीहरुको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा दुवै जनाको ‘ओमिक्रोन’ संक्रमण नेगेटिभ देखिएको हाे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top