सिटौलालाई भेटेर फर्किए पौडेल, नेतृत्व परिवर्तनका लागि मिलेर जान प्रस्ताव

Share this
700shares

२२ कात्तिक, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् । वरिष्ठ नेता पौडेल बुधबार विहान आफूपक्षीय नेताहरुसँग गुटगत छलफलमा रहेका सिटौलालाई भेट्न चण्डोलस्थित निवासमा पुगेका थिए।

बानेश्वरस्थित अनुपम फुडल्याण्डमा आफूपक्षीय भेला सुरु भएपछि बाहिरिएका नेता पौडेल सिटौला निवास पुगेका हुन्। पौडेलले कांग्रेसका नेतृत्व परिवर्तनका लागि मिलेर जाने प्रस्ताव राखेको बताइएको छ ।

Advertisement

छोटो भेटमा सिटौलाले आफू छलफलमै रहेको भन्दै पौडेलको प्रस्तावमाथि थप जवाफ नदिएको एक नेताले बताए । दुवै पक्षले भेटलाई गोप्य राख्न खोजेका छन् ।

मंसिर २४ गते देखि सुरु हुन गइरहेको कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट साझा उम्मेदवार तय हुन नसकेको अवस्थामा पौडेल र सिटौलको भेट भएको हो।

Advertisement

संस्थापनपक्षबाट शेरबहादुर देउवाले फेरि पनि सभापतिको दाबी गरेको अवस्थामा उनी विरुद्ध साझा उम्मेदवार तय गरेर जाने पौडेलपक्षको तयारी छ।  संस्थापनइतरले आजै बेलुकासम्ममा साझा उम्मेदवार तय गर्ने दाबी गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top