२२ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार उक्त सूची सार्वजनिक गरेको हो ।
सूचीमा ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली समावेश गरिएको छ। सूचीमा प्रदेश २ का सातवटा जिल्लाबाट चुनिएका प्रतिनिधिहरुको नाम समेत समावेश छ।
सूचीमा महोत्तरी ३ र सर्लाहीका चारवटै क्षेत्रको नामावली समावेश छैन । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार सर्लाहीको सबै क्षेत्रको अधिवेशन सकिएपछि सूचीमा थप गरिनेछ । सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको नाम भने समेटिएको छैन ।
केन्द्रीय निर्वाचन समितिका अनुसार आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने छ ।
प्रारम्भिक नामावली :