आज जनकपुरमा कसरी हुँदैछ राम–सीताको विवाह ?

२२ मंसिर, काठमाडाैँ ।
आज विवाह पञ्चमी, त्रेता युगमा आजकै दिन राम र सीताको विवाह भएको दिनको रुपमा हर्षोल्लासका साथ मनाइँदै आइएको छ । जनकपुरको जानकी मन्दिरमा भगवान सीता र रामको विवाह महोत्सव मनाइदै छ । गंगा सागरमा श्रद्धालुहरु स्नान गरेर जानकी मन्दिरमा पूजापाठ गर्दै विवाह पञ्चमी मनाइरहेका छन् । यसको लागि जानकी मन्दिर भव्य रुपमा सजाइएको छ ।

जनकपुरमा विवाह पञ्चमीलाई लिएर केही दिन पूर्वदेखि नै वैवाहिक गीतहरु बज्ने गरेका कारणले विवाह पञ्चमीको रौनकता छाएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले उचालेर तीन टुक्रा पार्नुभएको थियो भन्ने रामायणमा वर्णन गरिएको छ ।

शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिती रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता स–शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाहसम्ममा सहभागी हुन्छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखि रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै, जानकी रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्दछन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले दिउँसो १ बजे स्वयम्वर र ८ बजेदेखि वैवाहिक कार्यक्रम आयोजना हुने जानकारी दिए । उनले नगरिपरिक्रमा, पुष्पवाटिका, धनुषमा ताँदो चढाउने काम र विवाहको टिकाटालो कार्यक्रम अहिले पनि गर्दै आइरहेको बताए ।

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । जनकपुरमा प्रत्येक वर्ष हजारौँको संख्यामा श्रद्धालुहरुले पुगेका छन् । जानकी मन्दिर वरिपरि सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ भने मन्दिरमा भीडभाड बढी हुने गरिएको कारणले कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको छ । जनकपुरमा श्रद्धालुहरुको सुविधाको लागि स्वास्थ्य शिविर सहितको आयोजना गरिएको छ भने जानकी मन्दिरमा हजारौँको संख्यामा श्रद्धालुहरुको भीड लागेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top