×

NEPAL TIMES UPDATES

Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

२२ मंसिर २०७८

२२ मंसिर, काठमाडाैँ ।

सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो ।

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताए । उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने बताए । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरुको लागि गौरवको विषय भएको बताए ।

मन्त्री कार्कीले भने, ‘उहाँको स्वर्गारोहणपछि पनि उहाँ हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँ कालजयी हुनुहुन्छ । उहाँले रचना गरेका सम्पत्ति नेपालीहरुलाई छोडेर जानुभएको छ । यो सदा उच्च सम्मानका साथ नेपालीहरुले यसलाई आत्मसाथ गर्नेछन् । यो धर्ती रहुन्जेल नेपाल रहन्छ, नेपाल रहुन्जेल नेपालीहरु रहन्छन् र नेपालीहरु रहुन्जेल राष्ट्रकवि माधवप्रसाद घिमिरे सदैव पुस्तौँपुस्तासम्म उहाँको संस्मरण रहिरनेछ । त्यसलाई अझ ताजा स्मरण गराउन हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ । यो सबैका निमित्त सन्तोष र गौरवको विषय हो ।’

राष्ट्रकविकी छोरीले सोधिन् – गाउँछ गीत नेपाली राष्ट्रगानबाट किन हटाएको ?
कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन । उनले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै जाने भनेपनि उनका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने बताइन् । डा. रेग्मीले गाउँछ गीत नेपाली भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गरिन् । उक्त गीतमा नेपाल र नेपालीहरुको बारेमा सबै यथार्थ चित्रण गरिएकोले नेपालको बारेमा धेरै कुरा जानकारी मिल्ने समेत उनले बताइन् ।

 

डा. रेग्मीले भनिन् , ‘बुबाले मृत्युपश्चात् जुन यो मानसम्मान पाउनुभएको छ, यो घरघरमा जान्छ । पहिलाको सम्मानहरु कोठामा हुन्थे, विद्यार्थी, शोधकर्ताहरुका लागि मात्रै हुन्थे । मान्छे मरेपछि बिर्सिंदै जान्छ भन्छन् तर उहाँका कविता, गीतहरुले अझै भावुक बनाउँछ । राष्ट्रगानमा देशको सीमा, दलित, जनजाती सबैलाई छोएको गीत गाउँछ गीत नेपाली भन्ने थियो, अब हुन पाएन, केही कारणले होला, समयले होला । त्यो गीतले शरीर नै तात्थ्यो ।’

डा. रेग्मीले पिताका कविता र गीतहरुले राष्ट्रको परिचय दिने र कालजयी रहने बताइन् ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

सम्बन्धित खबरहरु

Scroll to Top