फुटबल लिजेण्ड पेले अस्पताल भर्ना

२२ मंसिर ७८, बिहीबार

२३ मंसिर, एजेन्सी ।
विश्व फुटबल जगतले अत्यन्त शान,गौरव र इज्जतका साथ नाम लिने ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पताल भर्ना भएका छन् । उनी आफ्नो पेटको ट्युमरको नियमित उपचारका लागि साओ पाउलोको अस्पतालमा भर्ना भएका हुन् ।

Advertisement

अस्पतालले बुधबार एक विज्ञप्तिमा जारी गर्दै ८१ वर्षीय पेलेको अवस्थामा स्थिर रहेको र उनी आगामी केही दिनमा डिस्चार्ज हुने बताएको छ । पेलेका असिस्टेन्ट पेपिटो फोर्नोसले पेलेले अगस्टको अन्त्यतिर नियमित परीक्षणका क्रममा भेटिएको ट्युमरको उपचार गर्न केमो थेमोथेरापी गरिरहेको बताएका छन् । अमेरिकी बस्दै आएकी पेलेकी छोरी केली निसिमेन्टोले आफ्नो बुबाको उपचार छिटै हुने र परिवारसँगै क्रिसमसको मजा लिन घर फर्कने बताएकी छन् ।

पेलेले पनि सामाजिक संजालबाट आफु अस्पताल भर्ना भएको बताएका छन् । उनले लेखेका छन्, ‘साथीहरू, हामीले यस विषयमा कुरा गरेको धेरै समय भयो। म ठिक छु भनी जानकारी गराउन चाहन्छु। म हरेक दिन राम्रो महसुस गर्छु। मलाई लाग्दैन कि मेरो सुरक्षाको लागि मास्कले पनि मेरो खुशी लुकाउन सक्छ। मलाई हरेक दिन राम्रो उर्जा पठाउनुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’

Advertisement

पछिल्ला वर्षहरुमा पेलेको स्वास्थ्य अवस्था चिन्ताको विषय बनेको छ । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो भने सन् २०१९ मा पिसावमा संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनी चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।

‘द ब्लाक पर्ल’ ले चिनिने ८१ वर्षीय पेले तीनपटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए । पेलेले २१ वर्षे फुटबल करिअरमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए । ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए । पेलेलाई उनको खेल जीवनपछि सन् १९९४मा यूनेस्को सद्भावना राजदूत नियुक्त गरिएको थियो । १९९५ मा भने उनलाई ब्राजिलका राष्ट्रपति फर्नान्डो हेनरिक कार्डोसोले खेलकुदको असाधारण मन्त्रीको पदमा नियुक्त गरेका थिए । यो समयमा उनले ब्राजिल फुटबलमा हुने भ्रष्टाचार रोक्नका लागि भन्दै कानून को प्रस्ताव गरेका थिए । जसलाई पेले कानूनको नाम दिइएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top