किसुन जीलाई सम्झिँदै प्रकाशमानले भने – सभापतिको दाबी छाड्दिन

किसुन जीलाई सम्झिँदै प्रकाशमानले भने – सभापतिको दाबी छाड्दिन

२३ मंसिर,काठमाडाैँ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन् ।

उनले पार्टीलाई विधिसम्मत्, नियमसम्म्त र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफु सभापतिको उम्मेदवार बन्न लागेको बताए । आफ्नो उम्मेदवारीको सम्बन्धमा परापर्श भइरहेको उल्लेख गर्दै उनले दृढताका साथ अगाडी बढेको पनि बताए । उनले भने – ‘१४ औँ महाधिवेशनमा नेपाली कांग्रेस पार्टीलाई विधिसम्मत्, नियमसम्मत्, संस्थागत रुपमा, राजनीतिमा शुद्धता हुनुपर्छ । राजनीति भनेको सेवाको क्षेत्र हो भनेर किसुनजीले हामीलाई सिकाउनु भएको । सेवा क्षेत्र हो यो मेवा खाने क्षेत्र होइन भन्नु मुद्धालाई अगाडी बढाएर पार्टीलाई साच्चैँ प्रजातान्त्रिक पार्टीका रुपमा आउँदा दिनहरुमा सबै चुनौतीहरु सामना गर्नसक्ने पार्टीको रुपमा बनाउनको लागि मैले पार्टी सभापतिको उम्मेदवारमा परामर्श अहिलेसम्म भइरहेको छ । तर म दृढ भएर अगाडी बढिरहेको कुरा सबैलाई भन्न चाहान्छु ।’

नेता सिंहले काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वर स्थित छक्कु बक्कु पार्कमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गरेका हुन् । उनले भट्टराईले दिनुभएको सिद्धान्त र आदर्शको राजनीतिको सन्देशलाई सबै राजनीतिक दलका नेताहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘हामी सबैले उहाँको सरलता, पद भनेको स्थायी होइन । पदलाई धेरै महत्व पनि दिनुहुँदैन र राजनीति गर्दाखेरी सिद्धान्त र आदर्शको राजनीति गर्नुपर्छ है, शक्तिको राजनीति मात्रै गरेर हुँदैन भन्ने शन्देश उहाँले दिनुभएको कुरा आजका सबै राजनीतिक पार्टीका नेताहरुले यसलाई स्मरण गर्दाखेरी आउँदा दिनहरु अझ राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।’

नेता सिंहले कृष्णप्रसाद भट्टराई नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुल्य, मान्यता र आदर्शको राजनीतिबाट कहिल्यै पनि विचलित नभएको पनि टिप्पणी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.