देउवा भृकुटीमण्डप पुगे

२४ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीकाे १४ औं महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप पुगेका छन्। सभापति देउवा पौने २ बजे भृकुटीमण्डप पुगेका हुन्।

दिउँसो १ बजे सुरु हुने भनिएको उद्घाटन कार्यक्रम अझै सुरु हुन सकेको छैन। पार्टीका उच्च तहका अन्य केही नेताहरु पनि मञ्चमा पुगिसकेका छन्।

Advertisement

कांग्रेस महाधिवेशनमा विभिन्न पार्टीका नेताहरु पनि पुगेका छन्। कांग्रेसलाई बधाई दिनको लागि नेपालका सबैजसो प्रमुख पार्टीका नेताहरु उपस्थित हुने कार्यक्रम छ।

नेपाली कांग्रेको १४औं महाधिवेशन शुक्रबारदेखि आइतबारसम्मका लागि आयोजना गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top