मधेसका मुद्दा सम्बोधन नभए फेरि ज्वालामुखी विस्फोट हुन सक्छ : ठाकुर

२४ मंसिर, काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुद्दाको विषयमा सम्बोधन नभए तराईमा फेरि ज्वालामुखी विस्फोटन हुने बताएका छन् ।

कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिले संविधानमा अहसमति रहेको सम्बोधन र आन्दोलनको क्रममा भएको सहमति कार्यान्वन नुहँदा त्यसले ज्वालामुखी विस्फोट हुने बताए ।

Advertisement

‘संविधानमा हाम्रा केही असन्तुष्टिहरु छन्। निर्वाचित हाम्रा सांसदहरु जेलमा छन्। क्रान्तिको लागि भएको आन्दोलनको छिनोफानो राजनीतिकरुपले हुनपर्छ भन्ने हाम्रो माग हो। हाम्रा माग सम्बोधन नहुने हो भने ज्वालामुखीजस्तै विष्फोट हुन्छौं,’ उनले भने।

ठाकुरले न्यायालय विवादको निरुपण अदालत आफैँले छिनोफानो गर्नुपर्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतको पनि त्यही अवस्था छ। जनताले पाउनुपर्ने न्याय पाउनमा असर परिरहेको छ। अदालत आफ्नै विवादमा फसेको छ। दुनियाँको छिनोफानो गर्ने सर्वोच्च अदालत आफैँले छिनोफानो गर्नुपर्छ। अरुले हस्तक्षप गर्न मिल्दैन।’

Advertisement

उनले पार्टी सिस्टममा पार्टीले सरकार बनाउने भन्दै अहिले हाम्रो देशमा संसद राम्ररी काम गर्न नसकेको बताए। ‘देउताहरु समुद्र मन्थन गरेर रत्न प्राप्त गरेका थिए। तपाइँहरु जनमन्थन प्राप्त गरी यहाँ आउनुभएको छ,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top