विराटनगर, साउन २७
विराटनगर महानगरपालिका आज दिउसो २ बजे बम बिस्फोटन भएको छ । महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोटन भएको हो ।
बिस्फोटनबाट कुनै पनि मानवीय क्षति नभएको प्रमुख पराजुलीले जानकारी दिए । पराजुलीको कार्यकक्ष अगाडि राखिएको दराज भित्र राखिएको बम बिस्फोट हुदा दराज सहित वरिपरिका संरचनामा क्षति पुगेको छ ।
विष्फोटबाट पराजुली सवार को १ झ ४ सय ९४ नम्बरको गाडी क्षतिग्रस्त भएको छ । घटना कसले र किन गराएको भन्ने अनुसन्धान भईरहेको घटनास्थलमा उपस्थित प्रहरीले जानकारी दिएका छ ।
बम बिस्फोटन पछि भागाभागको अवस्था भएको थियो भने बम बिस्फोट पछि महानगरपालिकाका कर्मचारीमा त्रास बढेको छ ।