बेलायतबाट फर्केर उद्यममा रमाउँदै गलकोटका भण्डारी

२४ मंसिर ७८, शुक्रबार
Share this
759shares

२४ मंसिर, गलकोट।

Advertisement

लगानीको अभावमा विदेश पुगेका नेपाली विदेशबाट फर्केर उद्यममा जोडिनेको लहर नै छ। नेपालमा लगानी जुटाउन नसकेका युवा विदेशमा गएर केही अर्थ उपार्जन गरेपछि भने नेपालमा फर्केर लगानी गर्न थालेका छन् ।

लामो समय बेलायतमा बसेका गलकोट नगरपालिका–३ हटियाका नरबहादुर भण्डारीले विगत ९ वर्षदेखि गलकोटमा आफ्नै उद्यम थालेका छन्। उनले गलकोट नगरपालिका–३ सिमखेतमा साढे पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती, पुष्प खेती, रेष्टुराँ र पार्टी प्यालेस व्यवसाय गर्दै आएका छन् ।

Advertisement

सिमखेतमा उनले २०६९ सालदेखि कृषि पेसा थालेका हुन्। पछि उनले रेष्टुराँ र पार्टी प्यालेस पनि सञ्चालन गरे। सुरुआतमा भण्डारी रोजगारीका लागि भारत गए। डेढ दशक भारतमा बिताएका उनी त्यहीँबाट केन्या पुगे। केन्यामा ११ वर्ष काम गरेका भण्डारी पुनः बेलायत फर्किए। तीन दशकको वैदेशिक यात्रा टुङ्ग्याएर भण्डारीले गाउँमै उद्यम थालेका छन्। उनले रु दुई करोड ५० लाखको लगानी गरिसकेका छन् ।

श्रीमती लोक कुमारी, छोरा भगवान र बुहारी राधिकाको सहयोगमा भण्डारीले विभिन्न उद्यम गर्दै आएका छन्। उनले तीन जनालाई रोजगारी प्रदान गरेका छन्। भण्डारीले थप तरकारी खेतीका लागि तीन रोपनी जग्गा भाडामा लिएका छन्। “पुष्प खेती गरेको छु, रेष्टुराँ र पार्टी प्यालेसलाई चाहिने सामग्री आफँै उत्पादन गर्छु”, उनले भने। वैदेशिक यात्राका क्रममा निकै दुःख भोग्नु परे पनि स्वदेशमा फर्केर परिवारसँग रमाउन पाउँदा आनन्द महसुस भइरहेको भण्डारी बताउँछन् । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top