मैले जितेँ भने स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउँछुः देउवा

Share this
741shares

२४ मंसिर, काठमाडौं।

Advertisement

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पुनः निर्वाचित भए स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउने घोषणा गरेका छन् ।

१४ औं महाधिवेशनलाई काठमाडौंमा शुक्रबार सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको सरकार रहँदामात्रै स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन जित्न सकिनेसमेत बताए । ‘कांग्रेसको सरकार रह्यो भने स्थानीय तहदेखि राष्ट्रिय सरकार हुनेछ । त्यसका लागि एकपटक मलाई जिताइदिनुहोस्,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘अब डर त्रासबाट मुक्त शासन ल्याइन्छ । मैले जितेँ भने कांग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु ।’

Advertisement

वडादेखि महाधिवेशन प्रतिनिधिसम्मका चुनावमा भएका प्रतिस्पर्धालाई बिर्संदै एकजुट भएर आगामी निर्वाचनमा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

आफू प्रधानमन्त्री हुनुभन्दा अगाडि डर त्रासको राजनीति व्याप्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले डर त्रासमुक्त समाज कायमै राख्न र पुनः तानााशाही प्रवृत्ति नआओस् भन्नेतर्फ सजग रहन पनि अपिल गरे ।

Advertisement

सभापति देउवाले सम्बोधन गरेलगत्तै उदघाटन सत्र सकिएको छ । बन्द सत्र आजैदेखि सुरु हुनेछ भने महाधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top