×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

लण्डनको टिकट अरुलाई डेढलाख मन्त्री आलेलाई १२ लाख

२५ मंसिर २०७८

२५ मंसिर, काठमाडाैँ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका समयमा वन मन्त्री हुदा विभिन्न कार्यक्रममा अभिब्यक्ति दिने क्रममा नराम्ररी चिप्लिएका प्रेम आलेले राम्रै चर्चा र आलोचना बटुले । कोरोना माहामारीका समयमा अक्सिजन सिलिन्डरमा आफ्नो फोटो छापेर सिलिन्डर बाड्ने उनको काम होस् या रुखबाट कार्बनडाइअक्साइड लिएर मानिसले अक्सिजन दिने उनको अभिब्यक्ति । उनी केही समय सामाजिक संजालमा ट्रोलको शिकार बने ।

बन मन्त्रीबाट बर्हिगमनका परेका आले नेकपा एमाले विभाजन हुदा नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा डेरा सरे । लगत्तै फेरि महत्वपूर्ण मन्त्रालयका रुपमा हेरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाए । मन्त्री भएयता पर्यटनमन्त्री प्रेम आले आर्थिक पारदर्शिताका विषयमा भाषण गरिरहन्छन्। सोमबार मात्रै उनले नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ बोक्न अनुमति पाएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिएपछि अनावश्यक खर्च घटाएको दाबी गरेका थिए। मन्त्रालयको बजेट खर्चमा मितब्ययीता गर्ने देखि विमानस्थलले माग गरे अनुरुप बजेट नदिइ बजेट घटाउने सम्मका निर्णय उनले गरिसकेका छन् ।

Advertisement
Advertisement

विमानस्थलको घास काट्न मात्रै ५० लाख माग गरिएकोमा ५ लाखले पुग्ने भन्दै त्यतिनै बजेट दिने उनले बताएका छन् । यसरी हरेक जसो कार्यक्रममा गएर आर्थिक पारदर्शिताको विषयमा कुरा गर्ने मन्त्री आले आफैले भने विदेश जाने टिकट खरिदमा भने सरकारलाई अनावश्यक आर्थिक भारमा पारेका छन्। मन्त्री भएको एक महिना नपुग्दै गएको कात्तिकमा प्रेम आले लन्डन भ्रमणमा गएका थिए।

ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) को कार्यक्रममा भाग लिन लन्डन जाँदा मन्त्री आलेले १२ लाख ३५ हजार रूपैयाँ त टिकटमा मात्र खर्चिएको तथ्य फेला परेको छ। सोही कार्यक्रममा जाने अन्य सहभागीहरूले भने १ लाख ३८ हजार रुपैयाँमा टिकट खरिद गरेका थिए। मन्त्री आलेले सिलिंक ट्राभल एन्ड टुर्स कम्पनीमार्फत २९ अक्टोबरमा दुईतर्फी टिकट खरिद गरेका थिए। उनी ३१ अक्टोबरमा लन्डन उडेका थिए। टिकेटिङ कम्पनीहरूका अनुसार कतार एयरवेजको दोहोरो टिकट मूल्य अहिलेसम्म बिजनेस क्लासमा नै पनि अधिकतम पाँच लाख रूपैयाँभन्दा बढी पुगेको छैन। तर मन्त्री आलेको टिकटका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भ्याट नम्बर ७८–९ टी–०३६५२ बाट बिल काटिएको छ। जसमा १२ लाख ३५ हजार रुपैयाँको बिल काटिएको छ। ट्राभलबाट मन्त्री आलेले कतार एयरवेजको १५७३८६७०३२०६२ नम्बरको टिकट लिएका थिए।

डब्लूटीएममा नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतम पनि सहभागी थिए। त्यस्तै पर्यटनमन्त्री आलेसहित तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी पनि उक्त कार्यक्रममा गएका थिए। मन्त्रिपरिषद्बाट स्वीकृत भ्रमण नभएको भए पनि कार्यक्रममा सहभागी मन्त्री, सचिव र स्वकीय सचिवको खर्च सरकारी ढुकुटीमार्फत नै भएको थियो। जहाँ मन्त्रीबाहेक अन्यको भने १ लाख ३८ हजार रुपैयाँको दुईतर्फी टिकट काटिएको थियो।

कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लागेका थिए। मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन गएका थिए। मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए। कार्यक्रममा भाग लिएर मन्त्रीसहित अन्य सहभागीहरू नोभेम्बर ६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

Advertisement

मन्त्री आलेले सोही कार्यक्रमबाट फर्किंदा नै भन्सार छलेर ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी ल्याएको खबर बाहिरिएको थियो । ट्राभल कम्पनीहरूले होलसेलमा टिकट खरिद गर्ने गर्दछन्। नेपालबाट बिजनेस क्लासमा कतार एयरवेजमा अधिकतम नै परे पनि ४ देखि ५ लाख रूपैयाँसम्ममा दोहोरो टिकटको मूल्य पर्दछ। तर टिकट एजेन्सीहरूले टिकट काट्नेसँगको सेटिङमा मूल्य बढाएर काट्ने गरेका छन्। एजेन्सीहरूले सहमतिमा नै मूल्य बढाएर देखाउने गर्दछन्। तर उक्त रकम भने एयरलाइन्सले पाउँदैनन्।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top