×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

कांग्रेस महाधिवेशन: उम्मेदवारका आ–आफ्नै शैली र नारा

२५ मंसिर २०७८

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन सत्र सुरु भएसँगै विभिन्न पदका आकांक्षीले छुट्टाछुट्टै नारासहितका प्रचार सामग्रीसहित आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् ।

विभिन्न पदका उम्मेदवारहरूको प्रचारशैली तथा नारा आ–आफ्नै किसिमका रहेका छन् । जसरी पनि नेतृत्वमा पुग्ने उनीहरूको चाहना र समर्थकको प्रचार गर्ने होडबाजी रहेको देखिन्छ ।

Advertisement
Advertisement

नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका नेताहरूले अन्तिम समयमा प्रचारलाई जोडतोडका साथ अघि बढाएका छन् । भृकुटीमण्डप आसपास क्षेत्र आकांक्षीका प्रचारप्रसार सामग्रीले भरिएको छ । सामाजिक सञ्जालमा समेत उनीहरूले प्रचारमा जोड दिएका छन् ।

कांग्रेसले नेतृत्व र नीतिको महाधिवेशन छुट्टाछुट्टै गर्ने भएका कारण नेतृत्वको दाबी गर्ने नेताले नारामार्फत आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवशेनको नारा ‘उत्साह, एकता र रूपान्तरण’ रहेको बताए । पार्टीले सार्वजनिक गरेको पोस्टरमा ‘उत्साह, एकता, रूपान्तरण सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ नारा रहेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः अध्यक्षमा दोहोरिन खोजेका छन् । संस्थापन समूहमै रहेका उपाध्यक्ष विमलेन्द्र निधिसमेत सभापतिको दौडमा रहेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत संस्थापन इतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुन खोजेका छन् ।

देउवा, निधि, पौडेललगायतका उम्मेदवार समूहगत रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । अध्यक्षका यी उम्मेदवारको समूहभित्र भने नेताहरूले विभिन्न पदमा दाबी गर्दै छुट्टाछुट्टै नारा तयार गरी प्रचारप्रसारमा जुटेका छन् ।

पार्टी सभापतिमा दोहोरिन खोजेका देउवाको नारा ‘बलियो कांग्रेस, समृद्ध देश सभापतिमा अब एकपटक शेरबहादुर देउवा नै वेश’ रहेको छ । गत आमचुनावमा नराम्रोसँग पराजित भएपछि देउवा नेतृत्वमा दल इतिहासमै सबैभन्दा कमजोर भएको भन्दै आलोचना हुँदै आएको छ ।

उनलाई चुनौती दिने तयारीमा रहेका रामचन्द्र पौडेलको नाममै गीत नै सार्वजनिक गरिएको छ । विमलराज क्षत्री र टीकाकुमारी क्षत्रीले ‘छैन नि जाल झेल, असल छवि, असल नेता रामचन्द्र पौडेल’ भन्दै गीत गाएका छन् । पौडेल र उनीनिकट रहेका नेताहरूले उनको छविलाई जोड दिएका छन् ।

सभापति दाबी गर्दै आएका अर्को नेता निधिले ‘हिमाल, पहाड र तराई मधेस, सबैको देश, सबैको कांग्रेस’ नारासहित प्रचारप्रसार अभियानमा होमिएका छन् । निधिले सभापतिका लागि मत माग्नुका साथै नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा जोड गरिरहेका छन् ।

सभापतिमा दाबी गर्दै आएका शेखर कोइरालाले ‘एकपटक, यसैपटक’ नाराअघि सारेका छन् । पौडेल समूहका अर्का नेता प्रकाशमान सिंहले ‘सबैको अस्तित्व ः सबैखाले पहिचान’को नारा बनाएका छन् ।

कोइराला र सिंहले सर्वसम्मत आफ्नो समूहबाट पौडेललाई उम्मेदवार मान्न तयार छैनन् । पटकपटकको छलफल तथा बैठकमा कोइराला र सिंहले आफूहरूले सभापतिमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसारमा जुटेका छन् । सभापतिमा उम्मेदवार घोषणा गरेका युवा नेता कल्याण गुरुङले ‘परिवर्तन, न्याय र समानता’को नारा अघि सारेका छन् ।

यस्तै, महामन्त्रीका उम्मेदवारीको घोषणा गरेका गगन थापाले अवधारणापत्र सार्वजनिक गरेका छन् । थापाले ‘समुन्नत नेपाली, सम्मानित नेपाली’को आवधारणासहित नारा अघि सारेका छन् । त्यसैगरी, महामन्त्रीका अर्का उम्मेदवार रहेका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा परिवर्तन हुनुपर्ने बताएका छन् । शर्माले ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयलाई उठाएका छन् ।

Advertisement

महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले पुस्तान्तरण र वैचारिक रूपान्तरणको विषयलाई उठाएका छन् । ‘पुस्तान्तरणसहितको वैचारिक रूपान्तरण’ पौडेलले आफ्नो प्रचारका क्रममा भन्ने गरेका छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top