उम्मेदवारी दर्ता गर्दै प्रकाशमानले भने- दोस्रो चरणमा मेरो प्यानलले जित्छ

उम्मेदवारी दर्ता गर्दै प्रकाशमानले भने- दोस्रो चरणमा मेरो प्यानलले जित्छ

२५ मंसिर, काठमाडौं।

कांग्रेस सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले पार्टी शुद्धीकरणका लागि उम्मेदवारी दिएको बताएका छन्। शनिबार मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पार्टीलाई विधि विधानअनुसार चलाउन आफूले उम्मेदवारी दिएको बताए।

दोस्रो चरणमा आफ्नो प्यानलले जित्ने उनकाे दाबी छ। ‘पार्टी विधि र विधानअनुसार चलेन। कांग्रेसलाई बलियो बनाउन मैले उम्मेदवारी दिएको हुँ। दोस्रो चरणमा मेरो प्यानलले जित्छ,’ उनले भने।

त्यस्तै उसभापतिका उम्मेदवार सुजाता कोइरालाले महिला उत्थानका लागि उम्मेदवारी दिएको बताइन्। आफूले कोइराला परिवारको साथ नछोडेको उनले स्पष्ट पारिन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.