एमाले सल्लाहकार परिषदको अध्यक्षमा बोहोरा चयन

एमाले सल्लाहकार परिषदको अध्यक्षमा बोहोरा चयन

२५ मंसिर, काठमाडाैँ ।

नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रिय सल्लाहकार परिषदको अध्यक्ष भएका छन् ।

शनिबार भक्तपुरको गट्ठाघरमा सुरुभएको पार्टी केन्द्रिय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा सो परिषदको अध्यक्षमा चयन भएका हुन्। अध्यक्षमा चयन भएलगत्तै उनले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको सपथ लिए ।

पूर्वमन्त्री समेत रहेका बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको कन्द्रिय कमिटीमा नेतृत्वका लागि दावी गर्न पाएका थिएनन् । नवौं महाधिवेशनमा उनी पार्टीको केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.