कतारमा अवैधानिक श्रमिक कसरी वैध हुने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

२६ मंसिर, काठमाडौँ । कतारमा आफ्नो कानुनी हैसियत गुमाएर अवैधानिक भएका आप्रवासी श्रमिकलाई त्यहाँको सरकारले आम माफी दिइरहेको छ । यही सन्दर्भमा त्यहाँ रहेका नेपाली श्रमिकलाई आममाफीको प्रक्रियामा गइ वैध हुनको लागि गरिएका व्यवस्थाको बारेमा नेपाली दूतावास र गैर आवासीय नेपाली संघ कतारले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको छ ।

दूतावासका अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा कतारमा कानुनी अवस्था गुमाएका नेपाली श्रमिकले कसरी वैधानिकता प्राप्त गर्ने भन्ने कुरा सिकाइएको छ । सीमित भौतिक उपस्थितिमा दूतावासको हल र भर्चुअल माध्यम जूमबाट कार्यक्रम सम्पन्न गरिएको दूतावासले जनाएको छ ।

कतारले गएको अक्टोबर १० देखि आम माफी दिन थालेको हो । यही डिसेम्बर ३१ सम्म आम माफीको समय तोकिएको छ । समय सकिँदै गर्दा अहिलेसम्म यो सुविधामार्फत आफ्नो कानुनी अवस्था सुधार्न नसकेकाहरुलाई सजिलो होस् भनेर दूतावासले कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीमा वर्किङ भिसामा कतार गएर विभिन्न कारणले कतारी आइडी नपाएका वा नवीकरण हुन नसकी अवैध रूपमा रहेकाहरूले कुनै रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिई आवश्यक कागजातसहित विभिन्न केन्द्रमा गएर आफ्नो कानुनी अवस्था सुधार गर्न सक्छन् ।

यसरी आफ्नो कानुनी अवस्था सुधार गर्दा अहिलेसम्मको जरिवाना छुट तथा मिनाहा हुने छ भने आफूले जब अफर लेटर पेस गरेको कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सकिन्छ ।

त्यसका लागि उम्म सलाल सर्भिस सेन्टर, उम्म सुनाइम सर्भिस सेन्टर(साविकको इन्टस्ट्रियल एरिया) मेसाइमिर सर्भिस सेन्टर, अल वाक्रा सर्भिस सेन्टर र अल रैयान सर्भिस सेन्टरमा जान सकिन्छ ।

यसरी रोजगारी सुनिश्चित नभएकाहरूको हकमा भने स्वदेश फिर्तीको सहजीकरणसमेत हुन्छ । त्यसका लागि सर्च एण्ड फलो अप डिर्पाटमेन्ट (एसएएफडी) मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट् तथा मिनाहा गरी स्वदेश फर्कन पाइन्छ ।

जुनसुकै प्रकारको भ्रमण भिसा(टुरिस्ट, पारिवारिक भिसा लगायत)मा कतार गएको तर भिसाको म्याद समाप्त भई अहिले पनि कतारमै रहेकाहरूले भने नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएएफडी मा उपस्थित भई दण्ड र जरिवाना मिनाहा गरी स्वदेश फर्कन सक्ने छन् ।

कतार सरकारले दिएको यो अवसरको सदुपयोग गर्दै दण्ड जरिवानाबाट बच्न र आफ्नो कानुनी अवस्था सुधार वा स्वदेश फर्कन दूतावासले अनुरोध समेत गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top