जोमसोम–कोरला सडकको छ वटा खण्ड स्तरोन्नतिको काम सम्पन्न

२६ मंसिर, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत जोमसोम–कोरला सडकको छ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७३÷७४ सालदेखि सातवटा खण्डमा ठेक्का लगाएको थियो।

आयोजनाका प्रमुख जगत प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको बताए ।

’जोमसोम–कोरला खण्डको छ वटा प्याकेजमा सडक स्तरोन्नति सकिएको छ’, उनले भने, ’ढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ ।’

जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोसी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजङ्घा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए ।

झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्घा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्शनले लिएका थिए । तामाङ गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षदेखि काम भएको छैन ।

यस खण्डका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन भएकामा १५ करोड रुपैयाँ मात्र खर्च भएको छ । ६५ प्रतिशत निर्माण सकिएको छ । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी छ।

लामो समयदेखि यस खण्डमा निर्माण कम्पनीले बेवास्ता गर्दै आएकाले उसको नाममा जम्मा भएको एक करोड नौ लाख रुपैयाँ मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याएको प्रजापतिले बताए ।

भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण कम्पनीलाई यही चैत महिनाभित्र काम सक्न समयसीमा दिएको छ । सरकारले दिएको अवधिमा पनि निर्माण कम्पनी काममा नफर्किए ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख प्रजापतिले बताए ।

राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको यस सडक खण्डको सबैभन्दा चुनौतीपूर्ण ठाउँमा भने स्तरोन्नतिको काम सम्पन्न भएको छ । आयोजनाका अनुसार समरको भीर, झोखोला र घ्याकरको अप्ठ्यारो खण्ड निर्माण सम्पन्न भइसकेको छ ।

घ्याकरमा मापदण्डअनुसार ग्रेड मिलान गरेर वैकल्पिक सडक निर्माण भइसकेको आयोजना प्रमुख प्रजापतिले बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top