काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

२८ मंसिर, काठमाडौं ।
सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ ।

पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको लागि मतदान हुन लागेको हो । दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी छन् ।

देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्ने भएका छन् । भृकुटिमण्डपस्थित मतदान स्थल परिसरमा अहिले सभापतिका प्रत्यासी शेखर कोइराला मतदाताहरुसँग मत मागिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.