निधिले पनि देउवालाई समर्थन गर्ने

२८ मंसिर, काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

Advertisement

पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।

त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

Advertisement

निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए । सिंहले पनि देउवालाई नै समर्थन गर्ने जानकारी गराएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top