नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द

२८ मंसिर, काठमाडौँ । शेयर बजार परिसूचक नेप्से दुई घण्टा नपुग्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

Advertisement

आज मङ्गलवार ५ दशमलव १ प्रतिशतले बढेको नेप्से एक सय १४ अङ्कले बढ्दै दुई हजार तीन सय ९५ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको डेढ घण्टा १२ बजेर ३८ मिनेटमै नेप्से ५ प्रतिशतले बढेको हो ।

अब ४० मिनेटपछि फेरि कारोबार सुरू हुनेछ । केही दिनयता घटिरहेको नेप्से आज बढेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top