लोसपा सांसदले मागे मुख्यमन्त्री लालबाबु राउतको राजीनामा

२८ मंसिर ७८, बुधबार

२९ मंसिर, जनकपुरधाम ।
प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा लोसपाका सांसद जितेन्द्र सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरेका हुन् ।

‘अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीजीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’ सोनलले प्रश्न गरे, ‘अख्तियार प्रमुखले त साइकल खरीदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ । यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ?’

मुख्यमन्त्रीले अलिकति पनि दोषी देखिए मार्गप्रशस्त गर्छु भनेको भन्दै सोनलले अख्तियारको प्रारम्भिक छानबिनमा भ्रष्टाचार देखिएपछि राजीनामा दिनुपर्ने धारणा राखेका हुन् । सांसद सोनलले प्रदेश २ सरकारले ल्याएको कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाएका छन् ।

‘न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ’ अधि अध्यादेश किन ल्याइयो ?’ उनले भने, ‘यसमा घोर असहमति व्यक्त गर्दछु । यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।’

प्रदेश सरकारले विभिन्न निकायमा कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै यसले ऐन, कानुन र निकाय व्यवस्थित हुन नसक्ने बताए । जनलोकपाल आयोग, दलित विकास समिति बनाएपनि बस्ने कुर्सी, कर्मचारी नरहेको उनले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top