सिलवाललाई राखेप सदस्यसचिवमा पुनर्वहाली गर्न अन्तरिम आदेश

सिलवाललाई राखेप सदस्यसचिवमा पुनर्वहाली गर्न अन्तरिम आदेश

२९ मंसिर, काठमाडौं ।
सर्वोच्च अदालतले रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ।

आफुलाई अवैधानिकरुपमा हटाइएको भन्दै सिलवालले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

बुधबार न्यायाधिश हरि फुयाँलको एकल इजलासले सिलवाललाई पुर्नबहाली गर्न अन्तरिम आदेश दिएको हो।

इजलासले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका नयाँ सदस्य सचिव टंकलाल घिसिङलाईसमेत काम गर्न नदिन आदेश दिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.