१ पौष, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर संगीता मिश्राले पाएकी छन् ।
डाक्टर मिश्रा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट मन्त्रालयमा सरुवा भएकी हुन् ।
यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेलले सम्हालेका थिए ।
उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत हुन् । पौडेलले अब महाशाखा प्रमुखको जिम्मेवारी मात्र सम्हाल्नेछन् ।