मसँग एकदिन पनि थाक्ने सुविधा छैनः गगन थापा

२९ मंसिर ७८, बिहीबार

१ पुस, काठमाडौं ।
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले अब आफूसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् ।

Advertisement

महामन्त्री पदमा विजयी भएलगत्तै पार्टी मुख्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद दिए । उनले आफूलाई मत नदिएका १६०० मतदाताको पनि विश्वास जित्नेगरी काम गर्ने बताए । उनले अब पार्टीलाई देखिने, सुनिने, बुझिने बनाउनुपर्ने खाँचो औंल्याए ।

उनले भने, ‘इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछु । मैले साथीहरुलाई एक दिन पनि गलत मान्छे छानेछु भन्ने दिन आउन दिन्नँ भनेको छु । म सिंगो पार्टीको महामन्त्री बन्छु ।’ आफूसहितका पदाधिकारीले सभापतिलाई बल पुग्नेगरी, तागत पुर्याउने गरी काम गर्ने पनि उनले प्रस्ट पारे । उनले भने, ‘पार्टीलाई व्यवस्थापन गर्ने महामन्त्रीको मुख्य काम हो ।’

Advertisement

निर्वाचनमार्फत नेतृत्व चयन भएका कारण कतिपयको मनमा घाउ भएको, साथीहरुको मनमा चोट लागेको भन्दै उनले साथीहरुको दुरी, घाउलाई कम गर्ने दिशामा पनि आफूले काम गर्ने बताए । पार्टीमा नजोडिएका साथीलाई पनि पार्टीमा जोड्न आफूले काम गर्ने उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top