जापानको ओसाकामा एउटा भवनमा भएको आगलागीमा परी २७ जनाको ज्यान गएको आशङ्का

२ पौष, एजेन्सी । जापानको ओसाकामा रहेको एउटा भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गएको आशङ्का गरिएको छ ।

Advertisement

दमकल विभागका कर्मचारीले आगलागीमा २७ जनाको ज्यान गएको हुन सक्ने आशङ्का गरेका छन् । भवनको चौथो तलामा आगो लागेको बीबीसीले जनाएको छ ।

आगो लाग्नुको कारण खुलेको छैन ।

Advertisement

आगो नियन्त्रणका लागि ७० वटा दमकल खटाइएको थियो । ३० मिनेटमा आगो निभाइएको खबरमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top