आज उभौली र धान्य पूर्णिमा, यस्तो छ महत्व

आज उभौली र धान्य पूर्णिमा, यस्तो छ महत्व

४ पुस, काठमाडौं ।

बहुजाति, बहुभाषा,बहुधार्मिक सांस्कृतिक, विभिन्न धर्म संस्कृति, परम्परा र चाडपर्वले श्रृगारिएको नेपाली समाजमा आ आफ्नो धर्म संस्कृति अनुशार विभिन्न चाडपर्व मनाइन्छन् । सवै चाडपर्वमा सबैको आस्था सम्मान र महत्व रहदै आएको छ । ती चाडपर्वको आआफ्नै महत्व र परम्परा रहेका छन् । आज मार्गशुक्ल पूणर्िमा । आज योमरी पुन्हिः अर्थात् धान्य पूणर्िमा र उधौली पर्व मनाइँदैछ ।

किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन् भने नेवार समुदायले योमरी पूणर्िमा पर्व मनाउँदैछन । आजको दिन प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा रहेको छ । आज किराँत समुदायले खेतबारीमा पाकेको अन्न आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्छन्। किरात समुदायका विशेष गरी राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । वैशाख शुक्ल पूणर्िमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।

पूजापछि साकेला नाचिन्छ । पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेषभुषा लगाएर आज किराँत दाजुभाई तथा दिदि(बहिनीहरुले सार्वजनिक स्थलमा भेला भएर परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाएर पारम्परीक ’साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ । त्यसै गरि आज काठमाण्डौ उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन्

। कृषि कार्यसंग आजको धान्य पूणर्िमाले विशेष महत्व बोकेको छ । धानबाली थन्क्याएर काम सक्ने र नयाँ चामलका विभिन्न परिकार बनाई कुल तथा पितृलाई चढाएर खान सुरु गरिने भएकाले यस दिनलाई धान्यपूणर्िमा भनिएको हो। योमरि पुन्हि अर्थात् पूणर्िमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पुणर्िमा समेत भनिएको हो ।

नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै अत्यन्तै स्वादिष्ट योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ । योमरि कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारसँग खाने गरिन्छ ।

यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति रहेको छ । तर अहिले चिसो सुरु हुनासाथ तराईका जिल्लाहरुमा भक्का बेच्नहरु देख्नसकिन्छ । यसैबीच सरकारले आज सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूणर्िमा) परेकाले आज सार्वजनिक विदा दिने निणर्य भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को गएको शुक्रबारको निणर्यानुसार देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको जनाएको छ । यता प्रदेश १ मा भने प्रदेश सरकारले सवैलाई सार्वजनिक विदा दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.