सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने

सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने

४ पौष, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे बस्ने छ । राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनका लागि सर्वदलीय बैठक अघि सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालमा दुर्गा पौडेल सहभागी हुनेछन् ।

संसद् लामोसमयदेखि अवरोध हुँदा दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । तर, प्रतिपक्षी दल एमालेले बैठकमा नजाने बताएको छ ।

आफूले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उप–नेता सुवास नेम्वाङले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.