काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

३ पुस ७८, आइतबार

४ पुस, काठमाडौं ।
काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ ।

उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एवं वितरण गर्छ । पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेडले जनाएको छ ।

वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ । सुक्खा मौसम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव हुन्छ । पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ । धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य हुन्छन् ।

लिमिटेडले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको प्रवक्ता प्रकाशकुमार राईले बताए। चोरीका धारा पनि बेला बेलामा भेटिने गरेको उनको भनाइ छ ।
काठमाडौँ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी सङ्कलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ ।

यी स्रोतमध्ये सबैभन्दा बढी बाग्मती नदीको पानी सुन्दरीजलमा सङ्कलन गरी वितरण हुन्छ । प्राकृतिक स्रोतबाट सङ्कलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ । हाल उपत्यकामा करिब ८० स्थानमा लिमिटेडले भूमिगत पानी निकालेर प्रशोधन गरी वितरण गर्छ ।

यसै वर्ष करिब एक करोड लिटर पानी भूमिगत स्रोतबाट थप गर्ने तयारीमा लिमिटेड लागेको प्रवक्ता राईले बताउए । उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ ।

बढ्दो जनसङ्ख्या, घर–भवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको बताइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले लिमिटेडलाई ३० वर्षका लागि उपत्यकामा पानी वितरणको व्यवस्था गर्ने गरी सम्झौता गरेको छ ।

यसका लागि लिमिटेडले बोर्डलाई महसुलको दुई प्रतिशत शुल्क बुझाउनुपर्छ । बोर्डको सम्पत्तिको भने छुट्टै शुल्क बुझाउने व्यवस्था सम्झौतामा गरिएको छ । विसं २०६४ फागुन १ गतेदेखि बोर्डले लिमिटेडलाई उपत्यकामा पानी व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न खानेपानी संस्थानबाट छुट्याएर अलग व्यवस्था गरेपनि खास परिवर्तन भएको छैन । खानेपानीको समस्या समाधान हुनसकेको छैन । राजधानीको खानेपानी समस्याका लागि मेलम्चीकै पर्खाइमा अझै मानिस तड्पिएका छन् ।(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top