एमसीसीमा साझा धारणा बनाएर गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छः बाबुराम भट्टराई

४ पुस ७८, सोमबार

५ पुस, काठमाडौं ।

Advertisement

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए । ‘अहिले भर्खरै चर्चामा आएको एमसीसीको जुन मुद्दा छ ।

Advertisement

यस्ता मुद्दामा कमसे कम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौं भने यही बहनामा भित्री बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ’ उनले भने ।

यो विषयलाई यो वा ऊ वहानामा तन्काउन थालेमा विस्फोटक रुप लिएर गठबन्धन भत्कने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना रहेको भट्टराईको भनाइ छ ।

Advertisement

त्यसका लागि प्रतिगमनकारी शक्तिलाई परस्त गर्न चुनावसम्म गठबन्धन निरन्तर रुपमा लैजानु पर्ने उनले बताएका छन् । उनले भने, प्रतिमगनकारी शक्तिको टाउकोमा नटेक्नुजेल अहिलेको गठबन्धन कायम राख्नुपर्छ । यसलाई आगामी चुनावसम्म कायम गर्नुपर्छ, विभिन्न बहानामा अहिलेको गठबन्धन टुटाउन खोजिँदैछ ।

त्यसतर्फ सजक रहन पर्छ । कम्तीमा महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । उनले संघीय लोकतान्त्रिक अँध्यारो सुरुङमा प्रवेश गर्नेतर्फ सचेत हुनपर्ने बताए । भारत, चीन र अमेरिकासहित जुन तरिकाको तनाव चलिरहेको छ त्यो भूमरीमा देश फस्ने थियो ।

महत्वाकांक्षी र गैरजिम्मेवार पात्र हुन्, भट्टराईले भने, उनी निमित्त नायक रुपमा आएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top