भृकुटीमण्डप बजारलाई व्यवस्थित गर्ने सरकारको योजना

५ पुस, काठमाडौँ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी हुन् ।

उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारी मैत्री क्षेत्र बनाउने योजना रहेको बताइन । मन्त्री रेग्मीले भृकुटीमण्डपमा धेरै समस्याहरुको भन्दै सबैलाई व्यवस्थित गर्नु पर्ने जरुरी रहेको उल्लेख गरिन् ।

भृकुटीमण्डपको प्लास्टिकको छानोलाई परिर्वतन गरिने

उनले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीले र्तिदै आएको भाडालाई वैज्ञानिक रुपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताइन । मन्त्री रेग्मीले भृकुटीमण्डप स्टलको भाडा बढाएर व्यापारी बस्ने स्थान व्यवस्थित र सरसफाइमा समेत व्यवस्थित बनाइने बताइन ।

उनले बजार स्थापना भएको २७ वर्ष पुगे पनि बजारलाई व्यवस्थित गर्नु नसक्नु राम्रो नभएको बताइन । समाज कल्याण परिषद्सँग भएको सम्झौता सकिए पनि पुनः सम्झौता गर्न तयार रहेको बताइन । मन्त्री रेग्मीले भनिन् , ‘भृकुटीमण्डप धेरै अवस्थित रुप सञ्चालन हुँदै आएकाले अब व्यवस्थित बनाउनु जरुरी छ ।

त्यसको लागि समाज कल्याण परिषद् तयार छ । परिषद् महानगरपालिकाको वडासँग सहकार्य गरेर अगाडि बढ्छ। वडा अध्यक्ष भृकुटीमण्डपलाई व्यवस्थित बनाउनको लागि तयार हुनुहुन्छ। परिषद्ले तीन दिन भित्र पत्र लेख्न निर्देशन दिन्छु। भृुकुटीमण्डपको व्यापारीहरुले परिषद्लाई तिर्दै आएको भाडा नाङ्लो पसलले महानगरलाई दिने भन्दा पनि कम भएको छ । यसलाई वैज्ञानिक ढङगले भाडा वृद्धि गरेर जानुपर्छ ।

अनि मात्रै बजार व्यवस्थित हुन्छ । त्यसको लागि व्यापारीको पहिलो सहयोग आवश्यक छ । त्यस पछि समाज कल्याण परिषद्ले व्यापारी बस्ने स्थान र सरसफाइ देखि सबै कुरालाई व्यवस्थित बन्छ । यस्तो हुँदा मात्रै यो क्षेत्र साना व्यापारी मैत्री बन्न सक्छ । हाम्रो प्रयास पनि साना व्यापारी मैत्री क्षेत्र बनाउने हो ।

त्यसको लागि व्यवसायी तयार हुनुपर्छ । तर ।स्थापना भएको २७ वर्ष हुँदा पनि बजार व्यवस्थित बनाउन नसक्नु राम्रो होइन्। अब प्लास्टिकको छानो हटाएर जस्तोको छानो हाल्ने योजना छ । त्यस्तै सकिएको सम्झौता पनि पुनः थप्दै जाने छौं ।’

मन्त्री रेग्मीले पछिल्लो समय भृकुटीमण्डपका व्यापारीहरुले बीचबीचमा समाजकल्याण परिषद्भन्दा बाहिर सम्झौता हुने गरेको भन्दै परिषद्मा नै गएर सम्झौता गर्न व्यापारीलाई आग्रह गरिन । उनले भृकुटीमण्डपका व्यापारीको घर धनी भनेको समाज कल्याण परिषद् भएको भन्दै घर धनीलाई थाहा नदिई सामान बेच्न नपाउने बताइन ।

कार्यक्रममा संघले मन्त्रीसँग गत मंसिर २४ गतेदेखि सकिएको सम्झौता थप गर्न आग्रह गरेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top