×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

अमेरिकालाई पछाडि पार्दै सबैभन्दा शक्तिशाली सैन्य सामर्थ्यको देश चीन बन्न सक्छ ?

७ पुस, बीबीसी ।
चीनले द्रुत गतिमा आफ्नो सशस्त्र सैन्य शक्तिलाई मजबुत पारिरहेको छ।

क्षेप्यास्त्र प्रविधि, परमाणु अस्त्र र आर्टिफिसिअल इन्टेलिजन्समा चीनले हासिल गरेको प्रगतिलाई लिएर कैयौँ पश्चिमा पर्यवेक्षकहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। उनीहरूका भनाइमा सैनिक सामर्थ्यका हिसाबले नयाँ विश्व सन्तुलनको चरण जारी रहेको छ।

Advertisement
Advertisement

राष्ट्रपति सी जिनपिङले चिनियाँ सुरक्षा फौज सन् २०३५ सम्म आधुनिकीकरण भइसक्नुपर्ने आदेश दिएका छन्। उनका भनाइमा त्यो बेलासम्म उनीहरू विश्वस्तरको सैनिक शक्ति बनिसक्नुपर्नेछ र सन् २०४९ सम्म युद्ध लड्ने र जित्ने क्षमता हासिल गरिसक्नुपर्ने छ। त्यो ठूलो काम हो तर चीन आफ्नो लक्ष्यमा अघि बढिरहेको छ।

ठूलो खर्च

चीनले आफ्नो रक्षा खर्च पारदर्शी नबनाएको र फरकफरक आँकडा प्रस्तुत गरेको भन्दै केही अन्तर्राष्ट्रिय विज्ञहरूको आलोचना खेप्ने गरेको छ।

बेइजिङले आफ्नो औपचारिक रक्षा खर्च सार्वजनिक गर्छ तर पश्चिमाहरूले चीनले आफ्ना सुरक्षा बललाई उपलब्ध गराउने बजेट त्योभन्दा उल्लेख्य रूपमा बढी भएको आकलन गर्छन्। अमेरिकाबाहेक विश्वको अन्य देशभन्दा बढी अहिले चीनले रक्षा खर्च गर्ने विश्वास गरिन्छ।

वासिङ्टनस्थित सेन्टर फर स्ट्रेटिजिक एन्ड इन्टर्न्याश्नल स्टडिजका अनुसार चिनियाँ सैनिक बजेट वृद्धिले देशको सम्पूर्ण आर्थिक वृद्धिदरलाई कम्तीमा एक दशकयता जितेको छ।

परमाणु अस्त्र भण्डार अभिवृद्धि

गएको नोभेम्बरमा अमेरिकी रक्षा मन्त्रालयले चीनले यो दशकको अन्त्यसम्म आफ्नो परमाणु भण्डार चार गुणाले बढाउने भविष्यवाणी गरेको थियो।

चीनको सरकारी सञ्चारमाध्यमले उक्त दाबीलाई हावादारी र पक्षपाती अनुमान भन्दै परमाणु शक्तिलाई न्यूनतम तहमा राखिएको जनाएको थियो। चीनले सन् २०३० को अन्त्यसम्म १,००० वटा परमाणु क्षमतायुक्त क्षेप्यास्त्र विकास गर्ने योजना बनाएको थियो।

तर विश्वव्यापी अस्त्र भण्डारको वार्षिक विश्लेषण प्रकाशित गर्ने स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिच्युटका विज्ञहरूले हालैका वर्षमा चीनले आफ्ना परमाणु क्षमतायुक्त क्षेप्यास्त्रको सङ्ख्या बढाएको उल्लेख गरेको छ।

अमेरिकासँग ५,५५० त्यस्ता अस्त्र रहेको र चीनले उक्त लक्ष्य भेट्टाउन अझै लामो समय लाग्ने भनिएको छ। तर चीनले विस्तार गरिरहेको परमाणु क्षमतालाई पश्चिमा सैन्य सर्वोच्चताको चुनौतीका रूपमा हेरिएको छ।

चीनका परमाणु अस्त्र सबैभन्दा महत्त्वपूर्ण विषय हुन्, रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट लन्डनकी भिर्ला नुआन भन्छिन्। उनका अनुसार दुवै पक्षबीच विश्वासको ठूलो खडेरी छ र संवाद छैन।

हाइपरसोनिक भविष्य
हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा पाँच गुणा वेगवान् हुन्छन्।

उनीहरू अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्रजस्तो तेज हुँदैनन् तर उडानका क्रममा उनीहरूलाई राडारबाट पहिचान गर्न एकदमै जटिल हुन्छ र प्रतिरक्षा प्रणाली काम नलाग्ने हुनसक्छन्। चिनियाँहरूले आफूहरू धेरै पछाडि रहेको बुझेका छन् त्यही भएर उनीहरूले महत्त्वपूर्ण विकास गरेर अरू शक्तिलाई पछाडि पार्न चाहेका छन्, लन्डनस्थित किङ्स कलेजका जिनो लिओनी भन्छन्।

हाइपरसोनिक क्षेप्यास्त्रहरू विकास गरेर उनीहरूले एउटा ढङ्गले आफ्नो लक्ष्य हासिल गर्न चाहिरहेका छन्। चीनले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अस्वीकार गरेको छ। तर यसै वर्षको गर्मीयाममा उसले गरेका दुईवटा रकेट परीक्षणले चिनियाँ सेना उक्त अस्त्र हासिल गर्ने चरणमा रहेको सङ्केत गरेको पश्चिमा विज्ञहरूले विश्वास गरेका छन्।

चीनले कस्तो प्रणाली विकास गरिरहेको हुनसक्छ भन्ने कुरा अस्पष्ट छ। तर हाइपरसोनिक क्षेप्यास्त्रका दुईवटा प्रमुख प्रकार छन्ः

पृथ्वीको वायुमण्डलको निश्चित क्षेत्रभित्रै रहने हाइपरसोनिक ग्लाइड क्षेप्यास्त्र 

फ्र्याक्शनल अर्बिटल बमबार्डमन्ट सिस्टम एफओबीएस भनिने न्यून उचाइमा उडान भरेर लक्ष्यमा तेज गतिमा प्रहार गर्ने प्रणाली

चीनले यी दुवै प्रणालीको मिश्रण गरेर एफओबीएस अन्तरिक्षयानमार्फत हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गर्न सक्ने सफलता पाएको हुनसक्ने बताइएको छ।

डा. लिओनीले हाइपरसोनिक क्षेप्यास्त्र मात्रै आफैमा ठूलो नभए पनि उनीहरूले केही निशानाहरूलाई एकदमै जोखिमपूर्ण बनाउने उल्लेख गरे। उनका अनुसार हाइपरसोनिक क्षेप्यास्त्रले एअरक्राफ्ट क्यारिअरको प्रतिरक्षालाई विशेष रूपमा अप्ठेरो बनाउँछ।

तर उनका अनुसार कतिपय पश्चिमा अधिकारीहरूले सैनिक अन्तरिक्ष प्रविधिमा खर्च बढाउने बलियो आधार जुटाउन चीनको हाइपरसोनिक क्षेप्यास्त्रको क्षमतालाई बढाइचढाइ प्रस्तुत गरेको हुनसक्ने पनि बताए। जोखिम वास्तविक हो। यद्यपि त्यसलाई बढाएर प्रस्तुत गरिएको हुनसक्छ।

आर्टिफिसिअल इन्टेलिजन्स र साइबर आक्रमण

चीन अहिले हस्तक्षेपकारी प्रविधि त्यसमा पनि विशेषगरि आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरी भावी सैनिक रणनीति विकास गर्न प्रतिबद्ध रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

चीनको सैनिक विज्ञान प्रतिष्ठानलाई नागरिक र सैनिक गठबन्धनबाट यो सम्भव तुल्याउन निर्देशन दिइएको छ। यसको अर्थ चीनको निजी क्षेत्रका प्रविधि कम्पनीहरू देशको रक्षा उद्योगसँग मिलेर काम गरिरहेका छन्।

खबरहरूमा चीनले सैनिक रोबोटिक र क्षेप्यास्त्र निर्देशन प्रणालीमा आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरिरहेको हुनसक्ने सङ्केत गरेका छन्। त्यसबाहेक मानवरहित हवाई र जलसाधनमा पनि आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरिएको हुनसक्छ।

हालैको एउटा विज्ञ मूल्याङ्कनले चीनले आफ्नो देशबाहिर ठूलो स्तरको साइबर गतिविधि गरिसकेको देखाएको थियो। गएको जुलाईमा यूके, अमेरिका र ईयूले चीनलाई माइक्रोसफ्ट एक्सचेन्ज सर्भरलाई निशाना बनाउँदै ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका थिए।

उक्त हमलाले विश्वभरका ३० हजार संस्थाहरूलाई प्रभावित बनाएको ठानिएको छ र त्यसको उद्देश्य व्यक्तिगत सूचना र बौद्धिक सम्पत्ति हासिल गर्ने सहित ठूलो स्तरको जासुसी गर्नु रहेको विश्वास गरिएको थियो।

विश्वको सबैभन्दा ठूलो नौसेना

चीनले विश्वको सबैभन्दा ठूलो जलसेना भएको देश बन्ने क्रममा अमेरिकालाई पछाडि पारेको छ। तर विज्ञहरूले जहाजको सङ्ख्याको साधारण तुलनाले मात्रै पनि जलसेनाको सामर्थ्य तुलना गर्ने विभिन्न आधारहरू प्रस्तुत गर्ने जनाएका छन्।

अहिले जलसेनाको क्षमतालाई आधार मान्दा अमेरिका धेरै अगाडि छ किनभने अमेरिकासँग ११ वटा एअरक्राफ्ट क्यारियर छन् भने चीनसँग दुईवटा। अमेरिकासँग परमाणु क्षमतायुक्त पनडुब्बी र ठूला युद्धपोत पनि बढी छन्। तर चीनले आफ्नो जलसेनालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

त्रिशुङ्गा विश्वविद्यालयमा आबद्ध पिपुल्स लिबरेसन आर्मीका पूर्व वरिष्ठ कर्णेल झोउ बो हाल समुद्रमा आधारित जोखिमहरू कम गर्न चीनले आफ्नो जलसेनाको क्षमता बढाउनु एकदमै महत्त्वपूर्ण रहेको बताउँछन्। उनी भन्छन्, हामीले लामो समय भोगिरहेको एउटा समस्या भनेको चिनियाँ जल क्षेत्रमा हामीले ठानिरहेको अमेरिकी उक्साहटमा हो।

अमेरिकी जलसेनाले सन् २०२० देखि सन् २०४० सम्म चिनियाँ नौसेनाको जहाजको सङ्ख्या करिब ४० प्रतिशतले बढ्ने भविष्यवाणी गरेको छ।

अनिश्चित भविष्य

के चीन मुठभेड नगर्ने धारणाबाट बढी जोखिम उत्पन्न गराउने अडानतर्फ उन्मुख भइरहेको हो। अहिलेको लागि चीनको अवधारणा लडाइँ नगरी जित हासिल गर्नु रहेको, डा. लिओनी बताउँछन्। तर केही समयपछि अहिलेको रणनीतिमा परिवर्तन आउन सक्ने उनको भनाइ छ।

पूर्ण रूपमा आधुनिक नौ सैनिक शक्ति बनिसकेपछि एउटा त्यस्तो बिन्दु आउन सक्छ। तर वरिष्ठ कर्णेल झोउ पश्चिमा भयहरू निराधार रहेको बताउँछन्। अमेरिका जस्तो चीन विश्वका लागि प्रहरी बन्ने उद्देश्य राख्दैन, उनी भन्छन्। यदी चीन भविष्यमा बलियो भयो भने पनि उसले आफ्ना आधारभूत नीतिहरू कायमै राख्नेछ।

Advertisement

चीनले भियतनामसँगको सन् १९७९ को लडाइँयता युद्ध गरेको छैन। त्यही भएर उसका कैयौँ सैनिक सामर्थ्यको परीक्षण नै भएको छैन। पश्चिमा विश्व र चीनका धेरै जना त्यस्तै अवस्था रहिरहोस् भन्ने चाहन्छन्।

Advertisement

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top