संसद बैठकपछि सांसदको प्रतिक्रिया, कसले के भने ?

६ पुस ७८, बुधबार

७ पुस, काठमाडौं ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले अब धेरै दिन संसद अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

बुधवार संसद बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री बडुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले उठाएको विषयमा सम्वद्ध पक्षको ध्यानाकर्षण भइसकेको भन्दै अब धेरै दिन संसदमा गतिरोध नहुने विश्वास व्यक्त गरेका हुन् । प्रतिपक्ष दलले संसदलाई फलदायी, उपयोगी बनाउन दिनुपर्ने उनको भनाई छ ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्धा संसदमा छलफलको विषय बनाउनु नहुने तर्फ उनले प्रतिपक्ष दल एमालेको ध्यानाकर्षण गराए । उनले भने – ‘जुन विषय सर्वोच्च अदालतमा वा कुनै न्यायिक निकायमा, अदालतमा विचाराधिन छ, त्यो विषयलाई छलफलमा ल्याउन पनि मिल्दैन ।

Advertisement

त्यसप्रति उहाँहरुको ध्यानाकर्षण भएको छ भन्ने हामीलाई लागेको छ । अब धेरैदिन यो गतिरोध नरहला, एउटा जिम्मेवार प्रतिपक्षको नाताले मलाई लाग्छ, जनताको प्रतिक्रिया पनि उहाँहरुले बुझिरहनु भएको होला ।

संसदलाई फलदायी बनाउने र उपयोगी बनाउने, संसद र संसदका मार्फत् आफ्ना विषयहरु जनताका समक्ष राख्ने अवसर उहाँहरुले दिनुहुन्छ हाम्रो त्यो विश्वास छ । यसको अपेक्षा, यसको प्रतिक्षा हामी गरिरहेका छौँ ।’

Advertisement

सभामुखको काम संविधानसम्मत्

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सभामुखले प्रमुख प्रतिपक्ष दललाई पक्षपातपूर्ण व्यवहार नगरेको बताइन । अदालतमा विचाराधिन रहेको विषय संसदमा प्रवेश नदिएर सभामुखले संविधानसम्मत् काम गरेको उनले बताइन ।

उनले भनिन् – ‘सभामुखले अहिले जे गरिराख्नुभएको छ, अदालतमा भएको विषय यहाँ प्रवेश गर्न मिल्दैन । जुन कुरो त संविधानमै उल्लेख छ नि । संविधानमै उल्लेख भएको, संविधानको प्रावधानलाई टेकेर उहाँले भनिराख्नु भएको छ भने के चाहीँ पक्षपातपूर्ण कुराहरु भयो ? सवाल यहाँनिर हो ।

कसैले आरोप लगायो भनेर कागले कान लग्यो भनेर कागको पछाडी दौडने होइन, यथार्थ के हो त्यतातिर जानुपर्छ ।’

संसद्मा एमालेको अवरोध ‘मुर्खतापूर्ण बल प्रयोग’

पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन् । संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको उनले बताए ।

उनले भने – ‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्कहरु सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । सवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिसहरु बल प्रयोगमा लाग्छन् । मुर्खतापूर्ण बल प्रयोग । यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन ।

संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरु उठाउने थलो हो । राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानूनहरु, संकल्पहरु निर्माण गर्ने थलो हो यो ।

यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ? यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारी प्रवृत्ति हो । धुन्धुकारी प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ ।’ उनले एमाले नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त बनेको टिप्पणी पनि गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top