अमेरिकामा फाइजरको कोभिड पिलले अनुमति पायोः क–कसले खान मिल्छ ?

८ पुस, काठमाडौं ।
अमेरिकामा फाइजरको कोभिड पिल (खाने औषधी)ले प्रयोगको अनुमति पाएको छ ।

बुधबार अमेरिकाको स्वास्थ्य नियामकले फाइजरको कोभिड पिललाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड संक्रमित भएका वयस्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो ।

त्यस्तै, सुरुमै अस्पताल जानु पर्ने लक्षण देखिने कोभिड संक्रमितले समेत घरमै पिल प्रयोग गर्न सक्ने छन् । मोटोपना र मुटुसम्बन्धी समस्या भएका वयस्कले पनि फाइजरको कोभिड पिल प्रयोग गर्न सक्नेछन् । तर मिर्गौला वा कलेजोको गम्भीर समस्या भएका मानिसले भने पिल प्रयोग गर्न पाउने छैनन् ।

साथै, पिल प्रयोगका लागि १२ वर्षमाथिका बालबालिकाको तौल कम्तिमा ४० किलो हुनु पर्नेछ । फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएसँगै मानिसले घरमै पिल सेवन गरेर कोरोना भाइरसको अति खराब असर रोक्न सक्ने समाचारमा उल्लेख छ ।

‘प्याक्सलोभिड’ नामक फाइजरको पिल कोभिड–१९ को प्रारम्भिक संक्रमण चाँडो उपचार गर्ने औषधि हो । तर सुरुमा सीमित मात्रामा मात्रै वितरण गरिने छ ।

औषधि निर्माता कम्पनी मर्कले उत्पादन गरेको एन्टिभाइरल कोभिड पिलले समेत चाँडै नै प्रयोगको अनुमति पाउने अपेक्षा गरिएको छ । तर सेवनपछि सामान्य साइड इफेक्ट देखिने र उच्च प्रभावकारिताका कारण फाइजरको पिल नै मानिसको रोजाइमा पर्ने लगभग निश्चित छ ।

गम्भीर अवस्थामा पुग्न सक्ने कोभिड संक्रमितले प्याक्सलोभिड पिल खाएपछि अस्पताल भर्ना र मृत्यु हुने संभावना ९० प्रतिशतले घट्ने परीक्षणबाट पुष्टि भइसकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top