उत्तेजित सिनबाट प्रियंका आलोचित

विराटनगर, साउन २८
वास्तवमा पर्दामा देखिने सिनमा वास्तविकता हुदैन भन्ने कुरा सवैले जानेकै विषय हो । त्यै पनि चलचित्र क्षेत्रमा टिक्नका र फस्टाउनका लागि अंग प्रदर्शन गरिनु आजभोली सामान्य विषय बनिसकेको छ । कति कलाकारहरु अंग प्रर्दशनबाटै उदाउँछ र अस्ताउछन् पनि ।

नेपाली चलचित्र क्षेत्रमा फरक किसिमले उदाएकी नायिका प्रियंका कार्कीलाई भने अंग प्रदर्शनभन्दा पनि उनमा भएको खुबीले उनी फस्टाएकी सबैले मान्छन् । छोटो अवधिमा नै फस्टाउन सफल यि नायिकाले अभिनय गरेको पछिल्लो फिल्म ‘कथा काठमाण्डू’ को ‘रातको कुरा‘’ बोलको गीतसँगै उनी विवादमा तानिएकी छिन ।

केहीले यसलाई सामान्य मानेका छन् भने केहीले नसोचेको अभिनय गरेको भन्दै फेस बुक तथा सामाजिक सञ्जालहरुमा प्रियंकालाई आलोचना गरेका छन् । इन्दिरा जोशीको स्वर र प्रदीप बाँस्तोलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा उत्तेजक सिन छन् । धेरैले गीतको भिडियोप्रति नकारात्मक टिप्पणी गरेका छन् ।

Advertisement

गत यसै वर्ष मात्रै आफूभन्दा सात वर्ष कान्छा अभिनेता आयुषमान देशराजसँग इगेजमेन्ट गरेकी अभिनेत्री प्रियंकाको यस गीतका कारण धेरैको चिन्ता भनेको ‘पहिलो विवाह टुटीसकेको प्रियंकाले दोस्रो विवाह पनि टुट्ने पो हो कि ? भन्ने रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top