एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

७ पुस ७८, बिहीबार

८ पुस, पर्सा ।
एमाले अध्यक्ष केपी ओलीलाई १५१ किलोको मालाले स्वागत गरिएको छ।

Advertisement

आज पर्सामा आयोजित नेकपा एमालेको जिल्ला समितिले पार्टी प्रवेश कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले उनलाई १५१ किलोको माला लगाइदिएका हुन् ।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई १५१ किलोको मालाले स्वागत गरे। सोही कार्यक्रममा मियाँ माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका छन्। यतिबेला ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन् ।

Advertisement

दुई दिनअघि कपिलवस्तु पुगेकका उनी अब पर्सा, झापालगायतका जिल्लामा जाने कार्यसूची रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top