नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

९ पौष, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।

Advertisement

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पर्सिदेखि सुरु हुने राष्ट्रिय सम्मेलन र सम्मेलनमा पेस गरिने राजनीतिक दस्ताबेजका विषयमा छलफल केन्द्रित छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले सुझाव दिने र ती सुझावलाई पनि समेटेर प्रतिवेदनलाई पूर्णता दिने तयारी छ ।

Advertisement

माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top