×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026

बाङ्ग्लादेशमा तीनतले डुङ्गामा आगलागी, कैयौँ मानिसको मृत्यु

१० पुष २०७८

१० पुस, बीबीसी ।
बाङ्ग्लादेशमा शुक्रवार बिहान एउटा यात्रुवाहक डुङ्गामा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

उक्त घटनामा झन्डै १०० जना घाइते भएका छन्। त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो। घटना भएको झालोकाटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले घटनास्थलमा दर्जनौँ शव फेला पारिएको बीबीसी बाङ्ग्लाले उल्लेख गरेको छ । डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

Advertisement

अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हाम फाल्दा डुबेर मरेका छन्। डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ। एमभी अभियान नामक डुङ्गा राति ढाकाबाट बर्गुनाका लागि रमाना भएको थियो।

यात्रु के भन्छन् ?
शुक्रवार सबेरै उक्त डुङ्गामा आगलागी सुरु भएको थियो। आगलागीको कारण स्पष्ट हुन सकेको छैन।

घाइतेहरूलाई बरिसल सदर अस्पताल र स्थानीय अस्पतालमा लगिएको बताइएको छ। झालकाठीका स्थानीय पत्रकार आकाश सिक्दरले बीबीसी बाङ्ग्लालाई बताए अनुसार उनले बिहान ३ः३० बजे आगलागीको समाचार पाएका थिए। उनले कैयौँ मानिसहरू ज्यान जोगाउन डुङ्गाबाट पानीमा हाम फालेको बताए।

यात्रुहरूलाई उद्धृत गर्दै पत्रकार सिक्दरले भनेः ढाकाबाट उक्त डुङ्गा रमाना भएका बखत नै सामान्यभन्दा धेरै तातो थियो। यात्रुहरूले गुनासो गरेपछि डुङ्गा कर्मचारीले कार्पेट ओछ्याइदिएका थिए। तर तातोपन बढ्दै गयो। अन्ततः आगलागी नै भयो। बाँच्न सफल एक वृद्धाले समाचारसंस्था एएफपीलाई आगलागी भएको बेला धेरैजसो मानिस सुतिरहेका बताइन्।

सबभन्दा तल्लो तलाको भुईँमा हामी सुतिरहेका थियौँ, मसँग मेरो नौ वर्षको नाति नायीम पनि थियो। ऊ नदीमा हाम फाल्यो उसलाई के भयो मलाई थाहा छैन। रिपोर्टहरूमा जनाइएअनुसार दुर्घटनाको अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ। बर्गुना ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्छ।

बाङ्ग्लादेशमा बारम्बार डुङ्गाको सुरक्षा स्थिति राम्रोसँग जाँच नगरिनु, सुरक्षा मापदण्डको अभाव र क्षमताभन्दा बढी यात्रु बोक्नुका कारण हुने गरेको बताइन्छ। गत जुन महिनामा पनि ५० जना यात्रु बोकेको डुङ्गा डुब्दा दर्जनौँ मानिस मारिएका थिए।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top