संविधानमा सबैथोक छ, तर केही पनि छैनः अनिलकुमार झा

१० पुस ७८, आइतबार

११ पुस, विराटनगर ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संविधान जारी भएको ५ वर्षभन्दा धेरै भइसक्दा पनि मधेशका माग सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् ।

Advertisement

आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता झाले संघीयता र समावेशीकरणको मुद्दामा उचित तरिकाले सम्बोधन नभएसम्म माओवादी आन्दोलन र जनयुद्धको मर्म पूरा नहुने बताए ।

‘संविधान बनेको यतिका वर्ष भइसक्यो, यो बीचमा धेरै विषयमा खुब छलफल भयो, तर संविधान संशोधनको विषयमा अहिलेसम्म छलफल भएको छैन,’ उनले भने, ‘गणतन्त्र त प्राप्ति भइसकेको छ, यसलाई कसैले हल्लाउन सक्ने अवस्था छैन ।

Advertisement

त अब संघीयता र समावेशीकरणको मुद्दामा उचित तरिकाले सम्बोधन गराउनका लागि अब राष्ट्रिय राजनीतिको मुद्दा बनाइयोस् ।’ उनले संघीयता आए पनि अहिलेसम्म संघीयताको अनुभव हुन नसकेको बताए । ‘यो देशमा संघीयता आयो, तर कस्तो संघीयता आयो कसैले अनुभव गर्न सकेको छैन, समावेशीकरण पनि भयो ।

यो संविधानमा सबैथोक छ, तर केही पनि छैन,’ उनले भने, ‘जहाँ सबै थोक हुन्छ, त्यहाँ केही पनि हुदैन, जहाँ सबै हितैषी हुन्छन्, त्यहाँ साथ कसैको हुँदैन, अस्पतालमा एक प्वाइन्ट ब्लड कसैले दिँदैन । त्यसैले सबै चीज भएकाले अहिले केही पनि छैन ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top